लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी र गण्डकी प्रदेशका मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

Bhugolpark

१४ बैशाख, २०८०,१९:०८

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसमा डिल्ली बहादुर चौधरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनको समर्थनमा ८ दलका ५३ जना संसदको हस्ताक्षर रहेको छ । उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन् । चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ । यसअघि बिहीबार नै चौधरीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

चौधरीको शपथ शुक्रबार बिहान १२ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 

चौधरी दाङको निर्वाचन क्षेत्र नं. ३ (१)बाट निर्वाचित हुन् । यसअघि पनि निर्वाचित उनी अघिल्लो प्रदेश सभामा लामो समयसम्म सार्वजनिक लेखा समितिको सभापति भएर काम गरेका थिए । झन्डै डेढ वर्ष प्रदेशको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री पनि भए । चौधरी संघीय सरकारको श्रम राज्यमन्त्री पनि भएका थिए ।

दाङको कमैयामुक्ति आन्दोलनका अगुवा रहेका चौधरी विभिन्न गैरसरकारी संघ संस्थाहरुमा पनि नेतृत्व गर्दै सामाजिक अभियन्ताको पहिचान बनाएका व्यक्ति हुन् ।

पछिल्लो समय एमालेका लीला गिरी मुख्यमन्त्री हुँदा भने कांग्रेस सत्ता बाहिरै बसेको थियो। एकाएक केन्द्रमा भएको राजनीतिक समीकरणका कारण झन्डै एक दिन पछि गिरी नेतृत्वको सरकार बिघटन भएको हो।

रुपन्देहीबाट प्रतिनिधित्व गर्ने एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका गिरी पुस २७ गते संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए।

पुस २८ गते शपथ लिएका गिरीले यसअघि माघ ८ गते विश्वासको मत पाएका थिए। उनले माघ २८ मा सरकारलाई पूर्णता दिएका थिए। तर पछिल्लो समय गिरीले वैशाख ११ गते विश्वासको मत पाउन नसकेपछि स्वत: पदमुक्त भएको थियो।

 गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नियुक्त

१४ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको गठबन्धन प्रदेशसभाको अवधिभर रहने बताएका छन् ।

प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो । कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र एक स्वतन्त्रसहित ३५ प्रदेशसभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले मुख्यमन्त्रीमा आजै दाबी पेस गर्नुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो । मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस–माओवादीसहितको गठबन्धन यो प्रदेशसभाको अवधिभर रहने बताएका हुन् । ‘यो गठबन्धन प्रदेशसभाको अवधि जति छ, त्यति नै जान्छ’ पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा उनले भने ।

सरकारको नेतृत्वमा भने आलोपालो हुने मुख्यमन्त्री पाण्डेले बताए । अब छिटै मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताए । मन्त्रिपरिषद ७ सदस्यीय भन्दा नबढ्ने पनि पाण्डेले बताए ।

प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर बनाउने विषयमा ध्यान दिने पनि उनले बताए । ‘हाम्रो प्रदेशलाई हामी आफैं कसरी सस्टेन गर्न सक्छौं, त्यतातिर ध्यान दिन्छौं । पर्यटन, जलविद्युत र कृषि क्षेत्र प्राथमिकता दिन्छौं’ उनले भने, ‘कृषिमा आधारित रहेर स्वरोजगार कसरी बन्न सकिन्छ भन्ने विषयमा ध्यान दिन्छौं ।’

मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो । मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

भूगोल पार्कको तर्फबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका चौधरी र गण्डकी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका सुरेन्द्रराज पाण्डेलाईं हार्दिक बधाईं एवं कार्यकाल सफलताको शुभकामना।उहाँहरूको शासनकालमा जनअपेक्षाअनुसार हुने विश्वास गरिएको छ।




248 Views

Comments