चितवन २ उपचुनाव: जीत जोगाउने चुनौतीमा रवि, कांग्रेस र एमालेको जित्ने दाबी

Bhugolpark

७ बैशाख, २०८०,१६:०१

हामीले उम्मेद्वार एवं मतदाताहरूसँग फोनमा सम्वाद गर्दा त्रियक्षीय भिडन्त हुने भएपनि थोरै मतान्तरले रविले चुनाव जित्ने बताए।

वैशाख ७, काठमाडौं। चितवन जील्लाको क्षेत्र नंम्बर २ मा चुनावको मिति नजिकिदै गर्दा प्रचण्ड गर्मीको बावजुत चुनावी सरगर्मी बढेर गएको छ।भूगोल पार्कले नेताहरूसँग प्रत्यक्ष फोन सम्पर्क गरी उहाँहरूको संक्षिप्त परिचय, चुनावी घोषणा पत्र वा चुनावी ऐजेण्डा अरू उम्मेद्बारहरूलेभन्दा जित सुनिश्चित रहेको आधारहरू, चुनावमा विजयहाँसिल गरेमा सो क्षेत्रका जनताहरूको जनजीवीकाको विषयमा के-कस्ता कार्यहरू गर्नुहुन्छ ? भनि हामीले उहाँहरूसँग प्रश्न सोधेका थियौं।उहाँहरूले बोल्नुभएको बोलि जस्ताको तस्तै हाम्रो नेता डट अनलाइन, टुइटर, फेसबुक, युटुव, स्टाग्राम आदि सामाजिक सञ्जालमा समेत राखेका छौं।

चितवन । चितवन क्षेत्र नम्बर २ यति बेला चर्चामा छ । मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा अत्यधिक मतले विजयी रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भएपछि उनको सांसद पद खारेज भएको थियो । त्यसैकारण चितवन २ उपनिर्वाचनमा होमिएको छ । अहिले यस क्षेत्रमा चुनावी रस्साकस्सी जोडतोड बढेको छ ।

देशैभरमा सबैभन्दा धेरै मतान्तरले निर्वाचित लामिछाने पुनः चुनावी रणसंग्राम छन् । लामिछानेविरुद्ध यस क्षेत्रबाट एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका निवर्तमान चितवन जिल्ला सभापति जीतनारायण श्रेष्ठ चुनावी मैदानमा छन् । दुई ठूला दलका जिल्ला अध्यक्ष तथा सभापति नै उम्मेदवार भएकाले पनि यस क्षेत्रको चुनाव सबैको चासोको केन्द्र बनेको छ ।

नेपाली कांग्रेस

मंसिरमा सम्पन्न चुनावपछि एमाले र कांग्रेस एकै लाइनमा आएका छ्न । दुबैको समान हैसियत भएकोले दुबै पार्टी रविलाई गएको भोट आफ्नोतिर तान्न प्रयासरत रहेका छ्न । ठूला पार्टीको मतदाताले नै रास्वपाका उम्मेदवारलाई मत दिएको विश्लेषणपश्चात् दुबै पार्टी गुमेको मतको अंक गणित मिलाउन हदैसम्म प्रयासरत देखिन्छन् ।यस पटक नेपाली कांग्रेसका निवर्तमान चितवन जिल्ला सभापति जीतनारायण श्रेष्ठ चुनावी मैदानमा छन् भने गत मंसिर ४ मा वागिउम्मेद्वारी दिएकाको र वागिउम्मेद्वारीलाईं सघाएका मत दाताहरूको समेत आफूलाईं समर्थन रहेको बताउँदै आफूलाईं कांग्रेसी नेता कार्यकर्ताको अलवा ठूलो दल माओवादीलगायत गठबन्धन दलको समर्थन रहेकोले आफ्नो जित सुनिश्चित रहेको बताए।

नेपाली कांग्रेसका शीर्ष नेताहरूको चितवनमा आवतजावत बाक्लिएको छ । चितवन-२ लाई ठूला दलहरूले प्रतिष्ठाको क्षेत्र बनाएको यसबाट प्रस्टै देखिन्छ ।

नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठले पनि आफ्नो प्रतिस्पर्धा एमालेसँगै हुने बताउँए । मुलुकको कुनैपनि कालखण्ड र परिवर्तनमा योगदान नै नभएको पार्टीलाई जनताले सधैं विश्वास नगर्ने उनको भनाइ छ । तत्कालीन अवस्थामा रास्वपाको जीतलाई हावाहुरीको संज्ञा दिँदै हावाहुरी सधैं नआउने उनी बताउँए ।जनता सचेत भएकाले अबको जीत आफूहरूको पक्षमा आउने उनको दाबी गरे।

आज गठबन्धन दलहरूले शक्ति प्रर्दशन गरे।सो कार्यक्रममा प्रधानमन्त्री र ३ जना भूपु प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, बाबुराम भट्टाराईले सम्बोधन गरेका थिए।

आफूले चुनाव जितेको खण्डमा कृषकलाई समयमानै मल खादको व्यवस्था गर्दै आफू सत्ता गठबन्धन दलकै नेता भएकोले अभूतपूर्व चितवन २ को विकास गर्ने वताए।

लामिछानेलाई पहिलेको मतान्तर जोगाउने चुनौती

स्वच्छ पत्रकारिता गरी अन्यायमा परेका हजारौं श्रमिक गरिब दुखिहरूलाईं न्याय दिलाएकै कारण गत मंसिर ४ मा प्रचण्ड वहुमतले निर्वाचित रवि पनि आफूले विगतको भन्दा धेरै मतान्तरले जित्ने दावी गरेका छन्।हामीले उम्मेद्वार एवं मतदाताहरूसँग फोनमा सम्वाद गर्दा त्रियक्षीय भिडन्त हुने भएपनि थोरै मतान्तरले रविले चुनाव जित्ने बताए।

मंसिर ४ मा ८३९५६ जनाले मतदान गरेको यो क्षेत्रबाट लामिछानेले ४९२६४ भोट प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४९८३ मत प्राप्त गरेका थिए। नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६६७ भोट पाए। 

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४२८१ भोट बढी पाएका थिए। यति धेरै मतान्तरसहित विजयी लामिछानेलाई यो मतान्तर कायम राख्न चुनौतीपूर्ण छ ।

त्यस्तै उपचुनावको मुखैमा भएको विभिन्न किसिमका आरोप उनको जीतको लागि तगारो बनेको छ । रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप बाहिरिएसँगै उनी नैतिक रुपमा अप्ठेरोमा परेका छन् । अडियो टेप बाहिरिएपश्चात् रास्वपाबाट मन्त्री बनेकाहरू अन्यले पनि पैसा बुझाएर मन्त्री बनेका त होइनन् भन्ने बहस चलेको छ ।

यसअघि सहज जीत हासिल गरेका रविलाई फेरि पनि जित्नैपर्ने दबाब छ । तर, मत परिणामलगत्तै सरकारमा जाने रास्वपाको निर्णयले पनि लामिछानेका धेरै मतदाताहरुलाई झस्काएको छ । सरकारमा सामेल नभई सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने मतदाताको अनुमानविपरीत सरकारमा गएको धेरै मतदातालाई चित्त बुझेको छैन । अझ उपप्रधानमन्त्री पदको लागि बार्गेनिङ गरिएको, मतदाताको चाहनाविपरीत गठबन्धन कायम गरेको र पुनः गठबन्धन परिवर्तन गरिएको घटनाले मंसिर ४ मा भोट दिएका उनका मतदाताहरू अहिले बिच्किएका छ्न ।

नेकपा एमाले

यस क्षेत्रबाट एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने चुनावी प्रतिश्प्रर्धामा उठेकोले एमालेको आम नेताकार्यकर्ता सोत स्फूर्त रुपमा चुनावी र्याली र घरदैलो कार्यक्रममा अहोरात्र खटिरहेका छन्।

चितवन-२ मुख्यतः एमालेको प्रभाव क्षेत्र हो। यहाँबाट २०७० र २०७४ सालमा दुवैपटक कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए। यसपालिको स्थानीय निर्वाचनमा पनि एमालेकै मत धेरै थियो।

एमाले उम्मेदवार न्यौपाने आफ्नो एकमात्र प्रतिस्पर्धा कांग्रेसका उम्मेदवार श्रेष्ठसँग रहेको बताउँछन् । आफू जीतको नजिक रहेको र एकमात्र प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार हुने उनको ठोकुवा छ । जसको लागि एमाले तथा नेपाली कांग्रेसका शीर्ष नेताहरुको चितवनमा आवतजावत बाक्लिएको छ । चितवन-२ लाई ठूला दलहरुले प्रतिष्ठाको क्षेत्र बनाएको यसबाट प्रस्टै छ ।

नेकपा एमाले आफ्नो पुरानो विरासत फर्काउन लागिरहेको छ । यसअघि चितवन- २ मा एमालेका कृष्णभक्त पोखरेलले दुईपटक जीत हासिल गरे पनि मंसिरको चुनावमा उनको दाल गल्न सकेन । त्यसैले पनि नेकपा एमाले आफ्नो पुरानो विरासत फर्काउन चाहन्छ । चितवनमा कायम तीन वटा क्षेत्रमा कहीं पनि एमाले, कांग्रेस तथा नेकपा माओवादीका प्रतिनिधि मंसिरमा निर्वाचित भएनन् । त्यसैले पनि ठूला दलहरुलाई उपचुनाव इज्जत बचाउने मेसो बनेको छ ।

नेपाली कांग्रेस तथा नेकपा एमालेका उम्मेदवारहरु एकअर्काप्रति नरम देखिए पनि रविमाथि चर्को खनिएका छन् । सभा तथा सम्मेलनमा लामिछानेप्रति आक्रामक देखिएका उम्मेदवारहरु एकअर्काविरुद्ध सार्वजनिक रुपमा उत्रिएका छैनन् ।

नेपाल कम्युनिष्ट पार्टी एमालेले पनि आफ्नो प्रभाव क्षेत्र भएको बताउँदै गठबन्धन दलहरूले सम्बोधन गरेकै भरमा गठबन्धन दलहरूको भोट नेपाली कांग्रेसलाई टान्फर नहुने भन्दै आफ्नो जित सुनिश्चित रहेको बताएका छन्।



187 Views

Comments