संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगियो

Bhugolpark

६ बैशाख, २०८०,१०:५१

६ वैशाख,काठमाडौं।संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बिहान बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश निुयक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताए । अर्को बैठकले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने उनले बताए ।

प्रमुख तीन दलबीच केही दिनअघि संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो ।



241 Views

Comments