महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम

Bhugolpark

३ बैशाख, २०८०,१४:३९

३ वैशाख,काठमाडौं । महालक्ष्मी विकास बैंकको शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सम्पन्न भएको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको नेपालको ‘ख’ वर्गको उत्कृष्ट विकास बैंक हो ।

बैंकको बानेश्वर शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई पचास थान डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोग गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । बानेश्वर शाखाका प्रमुख विकाश रावलले तिनकुने टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

त्यसैगरि बैंकको वीरगंज शाखाद्वारा अलखियामठ संचालक समितिलाई खानेपानीको ट्याङ्की तथा डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । अलखिया मठमा दर्शन गर्न आउने दर्शनार्थी तथा भक्तजनहरूका लागि खानेपानीको आवश्यकता परिपुर्ति गर्ने हेतुले बैंकले समितिलाई उक्त सहयोग गरेको हो ।

वीरगंज शाखाका प्रमुख पुरुषोत्तम अधिकारीले अलखियामठ संचालक समितिका अध्यक्ष सुपेन्द्रबहादुर श्रेष्ठलाई सामाग्री हस्तान्तरण गरेका हुन् । उल्लेखित कार्यक्रम सँगसगै बैकको बिच बजार–धादिङ्ग शाखाद्वारा निलकण्ठ नगरपालिका वडा नं ७ मा अवस्थित कर्णेश्वर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ ।

विद्यालयमा अध्ययनरत गरीब, तथा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरु मध्येबाट गरीब तथा जेहेन्दार पाँच जना विद्यार्थीहरूलाई शैक्षिकआवश्यकता पुरा गर्न सहज तामिलोस भन्ने उद्देश्यले बैंकले छात्रवृत्ति प्रदान गरेको हो । बिच बजार–धादिङ्ग शाखाका प्रमुख खिलप्रसाद सिलवालले विद्यालयका प्रधानाध्यापक विष्णुहरी अधिकारीलाई छात्रवृत्ति बराबरको रकमको चेक हस्तान्तरण गरेका छन् ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा कम्पनीले जानकारी दिएको छ ।



117 Views

Comments