शताब्दी पुरुष जोशी पत्नीको निधन

Bhugolpark

२ बैशाख, २०८०,१३:१०

२ बैशाख,काठमाडौं।शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान उपचारको क्रममा निधन भएको छ । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो। 'उहाँ राम्ररी कुरा गर्न सक्नुहुन्थ्यो, खुट्टा दुखेर हिँड्न भने सक्नुहुन्न थियो। नर्स र छोरीले ओहोरदोहोर गराउनुपर्थ्यो,' बनिताले भनिन्। 

उपचारकै क्रममा आज बिहान ५:५६ बजे उनको निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। 

 सय वर्ष पुग्नुभएकी राधादेवीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिनुभयो । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो । यसअघि असोज ३० गते शताब्दी पुरूष सत्यमोहन जोशीको पनि किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।



241 Views

Comments