२८ चैत, काठमाडौं। मनकामना दर्शन प्रा. लिद्वारा सञ्चालित नेपालकै पहिलो मनकामना केबुलकारले करोडौँ पर्यटक एवं श्रद्धालु भक्तजन महानुभावहरूलाई सेवा प्रदान गरी अर्थोपार्जन गर्दै आएको सर्वविधितै छ ।त्यसले आ.व. २०७७/७८ मा पर्यटन उद्योगमध्ये सबैभन्दा बढी आयकर दाखिला गरी आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ।
राष्ट्रिय कर दिवसको अवसरमा मनकामना दर्शन प्रालि सम्मानित भएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा पर्यटन व्यवसाय मध्य सबैभन्दा बढी आयकर दाखिला गरेकाले प्रालिलाई सम्मान गरिएको हो ।
आन्तरिक राजश्व विभाग लाजिम्पाटमा बुधबार आयोजित एक कार्यक्रमबीच कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले सम्मान ग्रहण गरेका हुन् ।
नेपालकै पहिलो मनकामना केबलकारले स्थापनाको २४औं वर्ष पुरा गरी २५औं वर्ष प्रवेश गरेका छन् । २०५५ मंसिर ८ गतेदेखि केबुलकारले सेवा प्रदान गर्दै आइरहेको छ ।
हालसम्म १ करोड ७० लाख यात्रु तथा भक्तजनहरूलाई केबुलकार सेवा प्रदान गरिएको कम्पनीले जनाएको छ ।
Comments