सिंहदरबारको फोहोर नउठाउने मेयर बालेन साहको घोषणा

Bhugolpark

२८ बैशाख, २०८१,१०:२३

भन्छन्-देश सफा गर्न नेतालाई सिस्डोलमा डम्प गर्नुपर्छ

२५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी गरेका छन् ।

आज बाट सिंहदरबारको फोहोर उठ्दैन ।

साच्चिकै देश सफा गर्नु परे,

त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।

शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।

काठमाडौं महानगरका वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले भने यसबारे प्रतिक्रिया नदिने बताए । उनले भने, ‘मेयरसापको आधिकारिक पेजमा नै कुरा आएपछि त्यसै अनुसार बुझ्नुपर्छ ।’


112 Views

Comments