पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

Bhugolpark

२४ चैत्र, २०७९,१३:५१

शहीद पदम लिम्बूलाईं शहीद घोषणा गर्ने सरकारको निर्णयको स्वागत गर्दछौं।साथै, उहाँको मृत आत्मको चिरशान्तिको कामना गर्दै उहाँलाई हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछौं।

२४ चैत,काठमाडौं।सरकारले कोशी प्रदेशको नामकरणका विषयलाई लिएर भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । कोशी नामकरणका सन्दर्भमा आन्दोलनका क्रममा लिम्बूको निधन भएको थियो ।

आन्दोलनकारीसँगको छलफलपछि सरकारले छानबिन समिति गठन गरेको थियो । बैठकले नामकरणसम्बन्धी आन्दोलनका बारेमा प्रदेश सरकारसँग वार्ता र छलफल गरेर अगाडि बढ्न सङ्घीय सरकारले सहजीकरण गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।



151 Views

Comments