उपराष्ट्रपतिद्वारा राष्ट्रपतिको स्वास्थ्य अवस्था बारे जानकारी

Bhugolpark

२० चैत्र, २०७९,१०:४९

भूगोल पार्क परिवारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलको सिघ्र स्वास्थ्यलाभको कामना !

२० चैत, काठमाडौं ।भूगोल पार्कले देशविदेशको राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, पर्यटन, मनोरञ्जन आदि विविध विधाहरूमा सही सूचना लेखी पाठकहरूलाई समाचार प्रबाह गरी रहेका छौं ।आज हामी उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिविवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उहाँको स्वास्थ्य अवस्था बारे जानकारी लिनुभएको विषय लिएर आएका छौं।

राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव आज बिहान सो अस्पताल पुग्नुभएको हो । उपराष्ट्रपतिले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । पेट दुख्ने समस्या देखिएपछि शनिबार अस्पताल भर्ना हुनुभएका राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको छ । अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । यसअघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले अस्पतालमा भेटेर राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी दिनुभएको थियो ।




331 Views

Comments