कोशी प्रदेश नामकरण भएपछि आज सार्वजनिक बिदा

Bhugolpark

१८ फाल्गुन, २०७९,१०:४२

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आज सार्वजनिक बिदा दिएको हो।

फागुन १८,काठमाडौं :भूगोल पार्कको तर्फबाट ढिलै गरी भएपनि कोसी प्रदेशको नामाकरण गर्न सफल भएकोमा  एमालेबाट बनेका मुख्यमन्त्री हिक्मत कार्कीलाई हार्दिक बधाई।

प्रदेश १ ले विगतमा एमालेबाट मुख्यमन्त्री भएका शेरधन राई र भिमप्रसाद आचार्य एवं नेकपा (एस) बाट मुख्यमन्त्री भएका राजेन्द्र राईको पालामा माओवादीहरूले पहिचानको कुरा उठाएको कारणले नामाकरण पाएको थिएन तर यस पटक भने माओवादीले पहिचानको पक्षमा हुँदाहुँदै पनि आफ्नो पार्टीसँग निर्णायक मत नभएले एवं लामो समयसम्म नामाकरण नहुदा देशविदेशमा राम्रो संदेशसमेत नजाने भएको कारणले पहिचानको मुद्धा छोडेर कोशी प्रदेशको पक्षमा मत हालेको बताएको छ।

प्रदेश नम्बर १ को नाम कोशी नामकरण भएपछि प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आज सार्वजनिक बिदा दिएको हो।

 प्रदेश नम्बर १ को नाम कोशी नामकरण गर्न सफल मुख्यमन्त्री कार्कीको सरकार भने केन्द्रको सत्ता समीकरण हेरफेरका कारण संकटोन्मुख छन् । कार्की माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा गत पुस २४ मा मुख्यमन्त्री बनेका थिए ।

केन्द्रमा माओवादी र जसपाले गत शुक्रबार एमालेबाहेकका दलहरूसँग गठबन्धन बनाएका छन् ।

प्रदेश सचिव उमेश बस्नेतका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जारी विज्ञप्तिमा भनिएको छ, 'प्रस्तुत विषयमा प्रदेश सभाको मिति २०७९।११।१७ मा बसेको बैठकबाट प्रदेश नं. १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव पारित भएकाले प्रदेशको नामाकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दाहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुलाई मिति २०७९ साल फागुन १८ गते बिहीबार सार्वजनिक बिदा दिने प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७९।११।१७ मा निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'



128 Views

Comments