राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्छ:प्रचण्ड

Bhugolpark

१० बैशाख, २०८१,११:१७

'राष्ट्रिय सहमतिमा जानुपर्छ भन्दा गठबन्धनभित्र केही दलसँग अन्डरस्ट्यान्डिङ बिग्रेको छ:प्रचण्ड

१३ माघ, काठमाडौं ।भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

आजको २१औं शताब्दीमा विश्वका अधिकांश देशहरूले उन्नती र प्रगतिका पाइलाहरू चुमी सकेका छन् यानी यी देशहरूले आर्थिक संवृद्धि हासिल गरी सकेका छन् ।हाम्रो छिमेकी राष्ट्र चीनले त्याहाँको तत्कालिन राष्ट्रपति हुजिन ताउको पालादेखि आर्थिक संवृद्धिको यात्रा सुरु गरेर हालका राष्ट्रपति सि जिन फिङको पालामा आइपुग्दा विश्वकै दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुक बन्दै सामरिक महत्वको हिस्साबले समेत महाशक्ति राष्ट्र बन्ने होडमा अगाडि बढेको छ ।हाम्रो अर्को छिमेकी राष्ट्र भारतसमेत नरेन्द्र मोदीको पालादेखि स्थिर सरकार भएकोले तिब्र आर्थिक वृद्धि गरिरहेको छ ।

भूगोल पार्कको दृष्टिकोणमा दलहरूबीच राष्ट्रिय सहमति आर्थिक संवृद्धिको ऐजेण्डा लागि हुनुपर्छ नकि पदिय भागबण्डाको आधारमा।त्यसकारण आम नेपाली जनतालाई को प्रधानमन्त्री मन्त्री सभामुख एवं राष्ट्रपति बन्छ ?त्यसले तातिक फरक पार्दैन तरपनि देशमा स्थिर सरकारले मात्र स्थायी शान्ति हुने भएकोले प्रतिपक्ष दल नेपाली कांग्रेसलाई पनि विश्वासमा लिनु युक्ति संगत देखिन्छ। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को दाउ नेकपा एमालेको भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति बनाएर आफू पाँचै वर्ष प्रधानमन्त्री बन्ने वा कांग्रेसको उम्मेदवारको नाममा राष्ट्रिय सहमति बनाएर पाँचै वर्ष प्रधानमन्त्री बन्ने चाहाना देखिएको छ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुने बताएका छन्। पार्टी कार्यालयमा बिहीबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा उनले संसदमा दुई दलबाहेक सबैले विश्वासको मत दिएकाले राष्ट्रिय सहमति गर्नुपर्ने जिम्मेवारी आफ्नो काँधमा आएको ब्रिफिङ गरे।

'संसद सहभागी लगभग सबै दलले विश्वासको मत दिएको अवस्थामा छ। यस्तो अवस्थामा सबैलाई मिलाएर लैजाने कार्यभार ममाथि आएको छ। त्यही भएर राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्नुपर्छ भन्ने जोड मैले सत्ता गठबन्धनमा गरेको छु,' बैठकमा प्रचण्डले भने। उनले राष्ट्रिय सहमतिमा जोड दिँदा गठबन्धनभित्र केही असन्तुष्टि आएको स्पष्ट पारे। 

'राष्ट्रिय सहमतिमा जानुपर्छ भन्दा गठबन्धनभित्र केही दलसँग अन्डरस्ट्यान्डिङ बिग्रेको छ। त्यो अनडरस्ट्यान्डिङ पनि मिलाउनुपर्ने छ,' एमालेलाई इंगित गर्दै उनले भने।

अध्यक्ष प्रचण्डले बैठकमा अनौपचारिक प्रतिवेदन बाँडेको बैठकमा सहभागी एक नेताले बताए। 'अध्यक्षज्युले डकुमेन्ट बाँड्नुभएको छ। सबैलाई अध्ययन गरेर आउन भन्नुभएको छ। समसमायिक राजनीति र पछिल्लो परिस्थितिबारेको डकुमेन्ट रहेको बुझिएको छ,' ती नेताले सञ्चारकर्मीसँग भने।

उपमहासचिव गिरिराजमणि पोखरेलले राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ्ने विषयमा बैठकमा छलफल भएको बताए। संसदमा दुइटा पार्टीबाहेक सबै दलले विश्वासको मत दिएकाले नयाँ परिस्थिति सिर्जना गरेको उनको भनाइ छ। 

'दुइटा पार्टीबाहेक संसदमा भएका सबै पार्टीले विश्वासको मत दिएको छ। त्यसले नयाँ परिस्थिति जन्माएको छ। नयाँ परिस्थितिमा सबै शक्तिलाई कसरी मिलाएर लैजाने जिम्मेवारी माओवादीलाई छ,' उनले भने।

गत ४ माघमा प्रधानमन्त्री प्रचण्डले डाकेको सर्वदलीय बैठक पनि राष्ट्रिय सहमतिकै लागि भएको उनले बताए। 'प्रधानमन्त्रीज्यु राष्ट्रिय सहमतिमै जोड दिनुभएको छ। त्यसका लागि सरकारमा सहभागी सबै दलसँग निरन्तर सम्बाद पनि भइरहेको छ,' उनले भने। 

माओवादी नेता देवेन्द्र पौडेलले एमालेसहितको राष्ट्रिय सहमतिमा पार्टीको जोड रहेको बताए। 'हामीले एमाले बिनाको राष्ट्रिय सहमति भनेका छैनौं। सबैमा सहमति जुटाएर संविधानले व्यवस्था गरेअनुरुप साझा व्यक्तित्वलाई अघि सार्न सक्यौं भने सम्भावित भोलि हुने दुर्घटना रोक्न सकिन्छ भन्ने हाम्रो भनाइ हो,' बैठकपछि उनले सञ्चारकर्मीसँग भने।



60 Views

Comments