विश्वासको मतमा दाहाल ढुक्क

Bhugolpark

२५ पुष, २०७९,०६:००

२५ पुस, काठमाडौं ।भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

गत स्थानीय निकायको चुनावमा काठमाडौँ महानगर पालिकामा वालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङ जस्ता केही स्वतन्त्र व्यक्तिहरूको उदय भयो ।झन हालै भएको प्रतिनिधि सभा र प्रदेश सभामा सुशासन र भ्रष्ट्रचार विरुद्ध आवाज उठाएको दल, तराइवादी दल एवं राजावादी दलहरूको पक्षमा विस्तारै जनलहर बढेर गएको मात्र देखिएन उल्यख्य रुपमा प्रतिनिधि सभा र प्रदेश सभामा ती दलबाट अधिकांश युवायुवती विजयी भएर आउँनुले आजको २१औं शताब्दीमा दलहरू प्रती विस्तारै नेपाली जनतामा लगाव कम हुदै गएर भिजन र भ्रष्ट्रचार विरुद्ध आवाज उठाएका दलमाथि जनलहर बढेर गएको देखिएको छ।विगतको तुलनामा अब बन्ने प्रधानमन्त्री र सरकारमा सहभागी हुने मन्त्री विकासप्रेमी राम्रा मानिस जाउँन,देशमा स्थायी शान्ति छावस भन्ने भूगोल पार्क कामना गर्दछ ।अब बन्ने सरकारले भ्रष्ट्रचारको शुन्य सहनशीलताको नीति अवलम् गर्दै अब नेपालमा आर्थिक क्रान्ति गरोस् । अब बन्ने सरकारले जनभावना अनुसारकाम गर्ने अपेक्षा आम नेपाली जनताको रहेको छ ।

 प्रधानमन्त्रीका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेका सबै राजनीतिक दल र स्वतन्त्र सांसदले विश्वासको मत दिने भएका छन् । साझा न्यूनतम कार्यक्रमको तयारी तथा संघ र प्रदेश तहमा एकमुष्ट भागबन्डा गर्ने सहमतिसँगै सबै दल दाहाललाई विश्वासको मत दिन तयार भएका हुन् ।

मंगलबार पेस हुने विश्वासको प्रस्ताव पारित हुन १ सय ३८ सांसद चाहिन्छ । दाहाललाई प्रधानमन्त्रीमा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ र अन्य तीन स्वतन्त्र सांसद गरी १ सय ६९ जनाले समर्थन गरेका थिए । त्यहीअनुसार उनी पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए ।

बालुवाटारमा आइतबार साँझ बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले विश्वासको मतका लागि संसद्मा रहेका अन्य दलसँग पनि आह्वान गर्ने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी थिए । उनीहरूले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर छिटै सार्वजनिक गर्ने निर्णय पनि गरेका छन् ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार पार्टी केन्द्रीय कार्यालय (पदाधिकारीसहित शीर्ष नेता) को बैठकमा पछिल्लो राजनीति अवस्थाको ब्रिफिङ गर्दै प्रधानमन्त्रीको दाबी पेस गर्दा समर्थन दिएका दलहरू सबैले विश्वासको मत दिने सुनिश्चित भइनसकेको संकेत गरेका थिए । उनले विश्वासको मत हासिल गर्नेतर्फ केन्द्रित हुन नेताहरूलाई निर्देशन नै दिएको एक पदाधिकारीले बताए । ‘समग्र शक्ति बाँडफाँट, प्रधानमन्त्रीभन्दा बाहिरको दललाई अर्थ र गृह दुवै दिनुपर्ने बाध्यता र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चलखेलले विश्वासको मत सहज नभएको उहाँको संकेत थियो,’ ती पदाधिकारीले भने ।

एमाले अध्यक्ष ओलीकै सल्लाहमा दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेलाई गृहमन्त्री बनाएका हुन् । अर्थमन्त्री एमाले उपाध्यक्ष विष्णु पौडेल छन् । राष्ट्रपति र सभामुख अहिले नै तथा साढे दुई वर्षपछि प्रधानमन्त्री पद दिँदा सम्पूर्ण सत्ता राजनीति एमालेको हातमा पुग्ने माओवादीकै कतिपय नेताहरूको बुझाइ थियो । प्रधानमन्त्रीमा दाहाललाई समर्थन गरेको जनता समाजवादी पार्टी अलमलमा थियो । जसपाले सम्मानजनक शक्ति बाँटफाँटको कुरा उठाइरहेको थियो । जसपा अध्यक्ष उपेन्द्र यादवले बिहीबार कांग्रेस सभापतिसँग भेट गरेका थिए । राप्रपाका पनि सर्त थिए ।

ससर्त सरकारलाई समर्थन गरेका जनमत र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी छैनन् । जनमत र नागरिक उन्मुक्ति पार्टीले आइतबार मोर्चाबन्दी गरेर अगाडि बढ्ने सहमति गरेका थिए । रेशम चौधरीको रिहा, गिरीशचन्द्र लाल नेतृत्व आयोगको प्रतिवेदन सार्वजनिक र टीकापुर घटनाका मुद्दा खारेज, सरकार र तत्कालीन सीके राउत समूहबीच २०७५ फागुन २४ मा भएको ११ बुँदे सम्झौता कार्यान्वयन, नागरिकतासम्बन्धी विधेयक पारित, किसान आन्दोलनका मुद्दा सम्बोधन गर्ने वातावरणको सिर्जना लगायतका माग उनीहरूका छन् । सरकारलाई समर्थन गरेका स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहको पनि आफूलाई मन्त्री बनाउनुपर्छ भन्ने सर्त छ ।

अर्कातिर कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका नेताहरूसँग संवाद बढाइरहेका थिए । माओवादी उपमहासचिव जनार्दन शर्माले बुधबार कांग्रेस सभापति देउवासँग भेट गरेका थिए । ‘अब प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ भन्नेमा शंका छैन । अरू दलसँग पनि विश्वासको मतका लागि अपिल गर्ने भन्ने छ । कांग्रेससँग दूरी बढेको छ । उसँगको सम्बन्धलाई पनि सहज बनाउनु छ,’ माओवादी उपमहासचिव हरिबोल गजुरेलले भने, ‘एमालेसँग त्यति ठूलो तिक्तता थियो । अहिले अप्रत्याशित रूपमा सम्बन्ध कायम भयो । केही समय एकअर्काप्रति आशंका हुनु स्वाभाविक हो । व्यवहारबाट विश्वासको वातावरण बनाउने हो, समय लाग्छ ।’ एकीकृत समाजवादीले पनि दाहाललाई विश्वासको मत दिने उनले दाबी गरे । एकीकृत समाजवादीले आइतबार साँझसम्म कुनै निर्णय लिएको छैन ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले दाहाललाई विश्वासको मतका सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको कार्यकारिणी समितिको बैठकले अधिकार अध्यक्षलाई दिएको हो । प्रतिनिधिसभामा लोसपाका चार सांसद छन् । कांग्रेसले विश्वासको मतका विषयमा मंगलबार बिहान निर्णय लिने भएको छ ।



273 Views

Comments