देउवालाई भेटेर बर्षमानले भने - प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ

Bhugolpark

९ पुष, २०७९,०८:१६

काठमाडौं :भूगोल पार्कको धारणा जो प्रधानमन्त्री बने तापनि अब बन्ने सरकारले भ्रष्ट्रचार नियन्त्रण गरी जनभावना अनुसार काम गरोस् भन्ने हो ।अहिले नेपाली राजनीतिमा कसको नेतृत्वमा सरकार बन्ला भन्ने कुराको चर्चा परिचर्चा यत्रतत्र सर्वत्र छ झन प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनबीच छलफल भएको कुरा सञ्चारमाध्यमबाट बाहिर आएपछि सबै जनजनको मनमा कौतुहल्ता बढेर गएको छ । कांग्रेसको संसदीय दलको बैठक अगाडि शनिबार बिहान बालुवाटारमा पुन र देउवाबीच भेटवार्ता भएको हो। 

पुनले देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नै प्रधानमन्त्री बनाउनुपर्नेमा अडान राखेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहित दाबी गर्न दलहरूलाई आइतबार ५ बजेसम्मको समय दिएकी छन्। तर कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरूबीच शनिबार बिहानसम्म सहमति जुटेको छैन।

‘गठबन्धनबाट पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाऔं।

यहि गठबन्धनलाई अगाडि बढाउनुपर्छ। तपाईं दोस्रो चरणमा प्रधानमन्त्री बन्नुहोला।’ आजको भेटमा पुनले देउवासमक्ष भने,‘माओवादी गठबन्धनभित्रकै दोस्रो ठूलो दल हो। हामीले साथ दिएकाले अहिले तपाईं प्रधानमन्त्री बन्नुभयो, तपाईंकै नेतृत्वमा निर्वाचन सम्पन्न भयो, अब दुई वर्ष माओवादीको नेतृत्वमा सरकार बन्छ त्यसपछि कांग्रेसलाई सहयोग गर्छौ।’ 

देउवाले ‘बालुवाटारमा कांग्रेसबाट निर्वाचित सांसदहरुलाई आज दिउँसो छलफलका लागि बोलाएको छु, सांसदसँग छलफल गरेपछि मात्र के गर्ने भन्ने टुंगोमा पुगौंला’ भन्ने जवाफ दिएको बालुवाटार स्रोतले जनाएको छ।



316 Views

Comments