६ लेन सडक बिस्तारका लागि भरतपुरमा चल्यो डोजर,के अब सडक बिस्तार होला ?

Bhugolpark

८ पुष, २०७९,०६:१४

भूगोल पार्कले तटस्थ रहेर देशको समयसापेक्ष घटनाक्रमको बारेमा जनतालाई सही सूचना प्रवाह गरिरहेको छ । सरकारको नियामक निकाय फितलो एवं राजनीतिक संरक्षणले गर्दा देशको यत्रतत्र सर्वत्र सडक अतिक्रमणको घटना बढेर गएको छ, जसको ज्वलन्त उद्दारण बनेको छ चितवनको भरतपुर ।

चितवनको नारायणगढ-गोन्द्रङमा ६ लेन सडक बिस्तारका लागि घर भत्काउन थालिएको छ।सडक क्षेत्रभित्र परेका घरहरू शुक्रबारदेखि भत्काउन थालिएको हो।

सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ। यो सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले बताए।

ती घरका २० देखि १०० मिटरसम्मका संरचना सडकको क्षेत्रमा पर्ने उनले बताए।

३५ दिनको सूचना जारी गर्दा पनि नभत्काएपछि डोजर लगाएर भत्काउन सुरु गरिएको पौडेलले बताए।

६ लेन सडकको निर्माण २ वर्ष अघि सुरु भएको हो।

आगामी फागुनसम्ममा निर्माण सक्नुपर्ने भएपनि अहिलेसम्म ५८ प्रतिशतमात्रै काम सकिएको छ ।



216 Views

Comments