देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा पूर्णबहादुर खड्का एवम् गगनकुमार थापाको प्रस्तावकमा शेखर, समर्थकमा धनराज, विश्वप्रकाश र प्रदीप दुबैले गराए उम्मेदवारी दर्ता

Bhugolpark

५ पुष, २०७९,०९:२६

 

काठमाडौं : नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन्।

देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावक गरेका भने उपसभापति पूर्णबहादुर खड्काले समर्थन जनाएका छन्। संसदीय दलको नेताका उम्मेदवारले दरखास्त दिने समय मंगलबार दिउँसो २ देखि ३ बजेसम्म तोकिएको छ।

उम्मेदवारको अन्तिम नामावली आज नै प्रकाशन गर्ने कार्यक्रम छ। उम्मेदवारीका साथ बुझाउनुपर्ने शुल्क समितिले ५१ हजार रुपैयाँ रहेको निर्वाचन समितिले जनाएको छ।

कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।



220 Views

Comments