‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाऔँ’भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले झापाबाट मेची-महाकाली महाभियानको उद्घाटन गरेको वारेमा आफ्नो अभिमत व्यक्त गर्नुहोला।

author
संघीय गणतन्त्रमाथि धावा बोल्ने गरी नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेडिकल कलेज संचालक दुर्गा प्रसाईले झापाबाट मेची-महाकाली महाभियानको घोषणा सुरु किन गरेका होलान ?
बुधबार बसेको प्रदेश १ को बैठकमा विशेष समयमा बोल्दै विभिन्न व्यक्तिले संघीयता विरोधी प्रदर्शन पहिलो दलको जिम्मेवार केन्द्रीय सदस्य प्रसाईले सुरु गरेको भन्दै किन विरोध गरेका होलान ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र विद्रोहको स्मरणमा १ फागुनमा देशभर ‘जनयुद्ध’ दिवसका अवसरमा सार्वजनिक बिदा दिएकै दिन किन महाभियानको उद्घाटन भएको होला ?
पूर्वराजा ज्ञानेन्द्र शाहले झापाबाट मेची-महाकाली महाभियानको उद्घाटन गरेपछि नेपाली राजनीतिमा किन नयाँ तरंग देखा परेको होला ?
पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबार पोखरामा ‘मेची किनारबाट प्रतिगामी चलखेल सुरु भएको’ टिप्पणी गर्नुलाई तपाई के भन्नुहुन्छ ?
author