भुगोलपार्क अभिमत सर्वेक्षण: प्रदेश ५ राजधानी विवाद | के हो समाधान?
प्रदेश ५ को स्थायी राजधानी दांगको देउखुरी र नाम लुम्बिनी प्रस्ताव पारित भएको छ ।

प्रदेश ५ मा १२ जिल्ला छन् । तीमध्ये भौगोलिक रुपमा बुटवल पायक पर्ने र दाङ पायक पर्ने जिल्लाको संख्या आधाआधी छन् ।

प्रदेश ५ का साविकका तिन अञ्चल लुम्बिनी, राप्ती र भेरी अञ्चल को प्रशासनिक मनोभाव, आर्थिक क्षमता,वित्तीय अवस्था, भौगोलिक सुगमता र जनभावना विश्लेषण गरेर राजधानी तोक्नुपर्नेमा नेताहरले राजनीतिक दाउपेच र प्रतिष्ठाको विषय बनाएकोले पनि थप पेचिलो बन्न पुगेको हो ।