भुगोलपार्क अभिमत सर्वेक्षण: वैवाहिक अंगीकृत नेपाली नागरिकता बारे तपाईलाई थाहा छ ?

Sep 22, 2020 ६ आश्विन, २०७७

अंगीकृत नागरिकता भनेको वंशजको नागरिकता जस्तो अधिकार नभई यो राज्यले विदेशबाट नेपालमा आई नेपाली पुरुषसँग विवाह गरेर स्थाई रुपमा नेपाल बस्न चाहेको खण्डमा दिने सुविधा हो । नेपालको संविधानले नेपाली नागरीक हुनुको लागि नेपाली पुरुषसँग विवाह गरेर आएको विदेशी महिलालाई नेपाली नागरीक हुन दिएको संविधानिक प्रावधान हो । यो एउटा नेपालको राष्ट्रिय परिचय पत्र हो । यो परिचय पत्र प्राप्त गरेपछी नेपालको अंगीकृत नागरीक हुन पाइन्छ । विश्वभरिका देशले विभिन्न सात देखि आठवटा आधारलाई मापदण्डको रूपमा विकास गरी तिनको आधारमा मात्र वैवाहिक अंगीकृत नागरिकता दिने गरेका छन् ।वैवाहिक अंगीकृत नागरिकता बसोबास अवधि पूर्व ,नागरिकता परित्याग , भाषा , नागरिकता लिने देशबारे ज्ञान, असल चरित्र , गैर अपाराधिक रेकर्ड तथा नागरिकता लिने देशप्रति निष्ठाको सपथका आधारमा प्रधान गरिन्छ । नेपालको संघीय कानून बमोजिम अंगीकृत नागरिकता नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले र विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिकबाट जन्मिएको र नेपालमा नै स्थायी बसोवास गरेको र विदेशी नागरिकता प्राप्त नगरेको व्यक्तिले प्राप्त गर्न सकिनेछ।