अमेरिकामा आप्रवासी माथि बढ्दो दुर्व्यवहार ?

Mar 14, 2021 १ चैत्र, २०७७

गत आइतबार अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली मूलका उबर चालक शुभाकर खड्कालाई तीन जना महिलाले दुर्व्यवहार गरेको भिडियो भाइरल भएको थियो । एसियाली मूलका भएकाले खड्कामाथि हातपात भएको भन्दै अहिले यो घटनाले संसारभरि चर्चा पाइरहेको छ।