सरकारद्धारा महिलामाथि विदेश भ्रमणमा अङ्कुश, चरम आलोचना भएपछि प्रस्तावित प्रावधानबाट पछि हट्यो सरकार। तपाईको धारणा ?
४० वर्ष मुनिका महिलाहरु एक्लै विदेश जान परिवारको सहमति वा वडाको सिफरिस आवश्यक पर्ने भन्ने प्रस्तावित प्रावधान बारे चर्को आलोचना भएपछि उक्त आफ्नो प्रस्तावबाट अध्यागमन विभाग पछि हटेको छ। विरोधकर्ताहरुले संविधानमा भएको समानताको हक माथि प्रहार भएको र महिलाहरुलाई नियन्त्रण गर्न ल्याइएको प्रस्ताव भनि चर्को आलोचना गरेका थिए।