भुगोलपार्क अभिमत सर्वेक्षण: कोरोनाको जोखिम छ सर्वत्र, कसरी पुरा होला यो शैक्षिक सत्र ?

Jan 7, 2021 २३ पुष, २०७७

कोरोना भाइरस सङ्क्रमण फैलिने जोखिमका कारण १० महिनादेखि बन्द रहेका विद्यालयहरु अब खोल्न दिने सरकारले निर्णय गरेको छ। कोभिड १९ संकट ब्यवस्थापन समितिले स्वास्थ्य सावधानी अपनाउँदै अब विद्यालय सञ्चालन गर्नुपर्ने सिफारीश गरेको छ । तर कतिपय अभिभावक र शैक्षिक अभियन्ताहरुले अहिले नै विद्यालय खोल्न हतार हुने बताएका छन् ।