भुगोलपार्क अभिमत सर्वेक्षण: कोरोना जोखिमकै बिच परीक्षा , कस्तो छ त स्वास्थ्य सुरक्षा ?

Nov 26, 2020 ११ मंसिर, २०७७

कोरोनाका कारण गत वैशाखमा स्थगित भएको कक्षा १२ को परीक्षा अहिले देशभर भईरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिकमूल्यांकनबाट जोडिने छ ।