चुनावको नतिजा खोज्नुहोस

नेपाली काँग्रेस

पार्टी झन्डा

नेपाली काँग्रेस

चुनाव चिन्ह

नेपाली काँग्रेस
अध्यक्ष
शेर बहादुर देउवा
पार्टी विचारधारा
हाल:सामाजिक लोकतन्त्र ऐतिहासिक:लोकतान्त्रिक समाजवाद
कुल मतहरू
११४६२९९
Star Rating
शेरबहादुर देउवा
सभापति
शेरबहादुर देउवा

शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति तथा नेपालका वर्तमान प्रधानमन्त्री हुन। देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए। पटक पटक गरी देउवा ५ पटक प्रधानमन्त्री बन्न सफल रहेका छन्।

अध्यक्ष
धनराज गुरुङ
धनराज गुरुङ
नेता
प्रकाश मान शिंह
प्रकाश मान शिंह
नेपाली काँग्रेसको बारेमा

नेपाली कांग्रेस नेपालको एक समाजवादी-लोकतान्त्रीक राजनीतिक दल हो। यो दलको स्थापना २००६ चैत २७ मा नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट भएको थियो।[६] हाल यस दलको सभापति शेरबहादुर देउवा हुन्।[७] यो दलको युवा सङ्गठन नेपाल तरुण दल हो भने विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ हो।[८] हाल यो प्रतिनिधि सभा र राष्ट्रिय सभाको प्रमुख दल समेत हो।[९] नेपाली कांग्रेसका प्रधानमन्त्रीहरूले राणा शासनको अन्त्य पछि र आम निर्वाचन २०१५ मा, नेपालको पहिलो प्रजातान्त्रिक तवरले निर्वाचित सरकार लगायत पञ्चायत युगको सुरुवातका बीच चारवटा सरकारको नेतृत्व गरेका थिए। नेपाली कांग्रेस बहुमत प्राप्त गर्न सफल एक मात्र नेपाली दल हो जसले ३ चुनावमा बहुमत ल्याएको छ। यसैगरी २ चुनाव बाट यो पहिलो दल बन्न सफल भएको इतिहास छ। प्रतिनिधिसभा निर्वाचन, २०७४ मा, काङ्ग्रेस प्रतिनिधिसभामा बाम गठबन्धनको राप र तापले दोस्रो सबैभन्दा ठूलो दल बनेको थियो जहाँ यसले कुल २७५ सीट मध्ये ६३ मा विजय हासिल गरेको थियो जहाँ यो आफ्नो इतिहासमै कमजोर अवस्थामा हुँदाहुँदै कम्युनिस्ट पार्टीमा दरार पैदा हुँदा सरकारको नेतृत्व गरी रहेको छ।[१०] -शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति तथा नेपालका वर्तमान प्रधानमन्त्री हुन।[४] देउवा नेपाली काँग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए। पटक पटक गरी देउवा ५[५] पटक प्रधानमन्त्री बन्न सफल रहेका छन्। नेपाली काँग्रेसको विभाजन पछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति थिए। काँग्रेस पुनर्मिलन पश्चात् उनी आफ्नो पार्टीसँगै नेपाली काँग्रेसमा गाभिएका छन्। शेरबहादुर देउवा चार पटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा जिल्ला क्षेत्र नं. १ र कञ्चनपुर जिल्ला क्षेत्र नं. ४ बाट संविधानसभामा प्रतिनिधित्व गर्दछन्। वि.सं. २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। उनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी सङ्घ (ने. वि. संघ)का प्रथम सभापति थिए र सुदूर पश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन्। राजनीतिक संघर्षका क्रममा उनले नौ वर्ष जेल जीवन बिताएका छन्। देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा "असक्षम"को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्ष पछि वि.सं. २०६१ सालमा पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए। पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गरेका थिए भने वि.सं. २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उनी वरिष्ठ नेतामा स्थापित भए। प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधैँ विजयी गराउँदै आएको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउछन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्. ए. गरेका उनी देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन्। देउवा hun हुन् र उनकी श्रीमती आरजु राणा देउवा पनि संविधान सभा सभासद् थिए।[६]

नेपाली काँग्रेसका उमेदवारहरु

Stay upto date.

To receive latest updates about our new polls and results.

arrow