जनमत पार्टी (जपा)
Polls




About Us

जनमत पार्टी एक नेपाली राजनीतिक दल हो। पहिले स्वतन्त्र मधेसको लागि गठबन्धन भनेर चिनिने यो राजनीतिक दललाई चन्द्रकान्त राउतले गठन गरेका थिए। जनमत पार्टी एक नेपाली राजनीतिक दल हो। यस दलको नेतृत्व चन्द्रकान्त राउतले गर्नु भएको छ। २०७९ को संसदिय चुनावमा यस पार्टीले प्रत्यक्षबाट एक सिट र समानुपातिकबाट पाँच सिट जितेर राष्ट्रिय पार्टीको मान्यता प्रप्त गरेको छ ।   यस पार्टीको मार्गनिर्देशक सिद्धान्त लोकतान्त्रिक समाजवाद गणतन्त्रवाद र मधेसी अधिकार भन्ने विचारधाराबाट प्रेरित पार्टी हो ।  घोषणा पत्र आम निर्वाचनमा पहिलो पटक पार्टी सहभागी हुने जनाइएको छ। पार्टीको चुनाव चिन्ह्र होरन(लाउडस्पीकर) रहेको छ । पार्टीले प्रत्यक्ष कार्यकारी हुने नीति अपनाएको  पनि जनाइएको छ । भ्रष्टाचार निर्मूलिकरण, सुशासन र सेवा–प्रवाह जनभावना अनुरुप बनाउने मुख्य उद्देश्यसहित जनमत पार्टी चुनावमा सहभागी हुने जारी घोषणापत्रमा उल्लेख गरिएको छ । भ्रष्टाचारको अन्त्य, राइट टु रिकल, राइट टु रिजेक्ट सहितको एजेण्डा लिएर सूचनाको हक अधिकार प्रभावकारी ढंगले संस्थागत गर्ने पार्टीले प्रतिवद्धता गरेको छ । त्यस्तै, कक्षा १२ सम्म निःशुल्क शिक्षा, युनिभर्सल हेल्थ केयर, एकीकृत सामाजिक सुरक्षा, योग्य जनशक्ति उत्पादन गरि समाजवादसहित लोक कल्याणकारी राज्यको स्थापना गर्ने मुख्य लक्ष्य लिएको घोषणापत्रमा उल्लेख छ । साथै, पार्टीले नागरिकता समस्याको स्थायी समाधान गर्ने, अनिवार्य २ वर्ष स्वयंसेवक तालिम दिने प्रतिवद्धता समेत गरेको छ। इतिहास नेपालको तराई क्षेत्रका २२ जिल्लाको प्रतिनिधित्व गर्ने गरी ५० जना प्रतिनिधिको अगाडि १७-१८ मार्चसम्म दुई दिने सम्मेलनपछि १८ मार्च २०१९ मा पार्टीको स्थापना भएको हो।