२०२३ साल भदौ २१ Year N/A N/A Taplejung
कतिको लोकप्रिय/अलोकप्रिय छन्? योगेश भट्टराई
Approved Disapproved

परिचय

योगेश भट्टराई (जन्म वि.सं. २०२३ भदौ २१) एक नेपाली राजनीतिज्ञ तथा वर्तमानमा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुन्।[१][२] भट्टराई वि.सं. २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको लागि निर्वाचित भएका थिए।
भट्टराई विद्यालय अध्ययन गर्ने समयमा झापा विद्रोह चरममा थियो। ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उनलाई पनि विद्यालय पढ्ने समयमै बामपन्थी राजनीतिप्रति झुकाव बढ्यो। उनको परिवारका सदस्यहरू पनि बामपन्थी पृष्ठभूमिका थिए। उनले विक्रम संवत २०३७ सालमा अनेरास्ववियुको सदस्यता लिए र राजनीति थाले। उनले विद्यालयको प्रारम्भिक समिति हुँदै क्याम्पस समितिमा समेत रहेर काम गर्न भ्याए। स्वतन्त्र विद्यार्थी सङ्घको चुनावमा पटक पटक भाग लिए र अन्ततः विक्रम संवत २०५१ सालमा उनी अनेरास्ववियूको अध्यक्ष भए। त्यसपछि नेकपा एमालेको जिल्ला समिति, अञ्चल समिति हुँदै केन्द्रीय सदस्यसम्म पुगे। भट्टराई यसअघि विक्रम संवत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि काठमाडौँ क्षेत्र नम्बर ६बाट र विक्रम संवत २०७० सालको दोस्रो चुनावमा क्षेत्र नम्बर ५बाट उम्मेद्वार बनेका थिए।