21 Year स्नातक तह सुदूरपश्चिम प्रदेश लम्की चुहा Kailali
कतिको लोकप्रिय/अलोकप्रिय छन्? उदय भाट
Approved Disapproved

परिचय

उदय भाट सुदूरपश्चिम प्रदेश को कैलाली जिल्ला स्थित लम्कीचुहा नगर पालिका, वडा न ४ का २१ वर्षीय युवा हुन्। उनले स्नातक तह सम्मको शिक्षा हाशिल गरेका छन्,उनि एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा अध्यक्ष भएर कम्पनीलाई सम्हालेका थिए । भाट यो समय समाजमा फरक सोच राख्ने व्यक्तिहरुको लागि मत मात्रै नभई सचेत नागरिकको मनको सर्वेक्षण गर्ने पनि अवसर भएकाले परीक्षणका लागि मैदान उत्रिएका हुन्, वर्तमान समय राजनीति युवाहरुको घृणाको सिकार भइरहेको अवस्थामा भाटले राजनीतिमै सामेल भएर आफ्नो ठाउँ-नगर, समाजमा असल भुमिकादायी नेतृत्व गर्ने दृढ संकल्प गरेका छन्। उनि युवाहरुमा राजनीति बारे बढ्दो चरम निराशालाई चिर्दै फरक हिसाबबाट पनि जनता र सामाजिक हितमा कार्य गर्न सकिन्छ भन्ने सन्देशका साथ अघि बढेका छन्। सीसीएम क्लब सदस्य भएर विगत ४ वर्षदेखि गरिब तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्दै युवाहरुको अग्रसरतामा पालिकाको वडा नम्बर १ मा नमुना अध्ययन गृह सञ्चालन गरेका छन् । उनले चौधरी समुदायका विपन्न ७० जना बालबालिकालाई तीन कोठाको भवन र एउटा अक्षय कोष निर्माण गरेर पठन पाठन सञ्चालन निशुल्क गराई रहेका छन् । पालिका भित्रका आधारभूत समस्या, गरिब, असहाय, अशक्तहरुका लागि तत्कालका लागि एम्बुलेन्स, पछि अस्पताल बनाउने, भ्रष्टाचारमुक्त समाज, युवाहरुलाई स्वरोजगार, क्रषी क्रन्ती भाटका प्राथमिक एजेण्डा रहेका छन्।

· निशुल्क शिक्षा
· सर्वशुलभ स्वास्थ्य को व्यवस्था 
· खानेपानी को व्यवस्था 
· आधुनिक कृषि प्रणाली 
· व्यस्थित सडक बाटो 
· सर्वसुलभ विधुत 
· प्रभाबकारी सञ्चार तथा मनोरञ्जन
· युवा तथा खेलकुद उचित प्रबर्दन 
· यातायात उद्योग तथा व्यापार व्यवसाय प्रभाबकारी 
· पर्यटन पुर्वाधार तथा विकास
· स्थानिय कला तथा संस्कृति


फोटो
भिडियो