कतिको लोकप्रिय/अलोकप्रिय छन्? टोप बहादुर रायमाझी
Approved Disapproved

परिचय

टोप बहादुर रायमाझी एक नेपाली राजनीतिज्ञ र नेपालका पूर्व उपप्रधानमन्त्री हुन्। रायमाझी संविधानसभा सदस्य थिए। रायमाझी नेकपा (एमाले)का सचिव हुन्। भर्खरै भुटानी शरणार्थी घोटाला प्रकरणमा रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।रायमाझीले पहिलो ओली मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री र ऊर्जामन्त्रीको पद ग्रहण गरे। उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य हुन् । उनले आफ्नो राजनीतिक जीवन सन् १९७४ मा सुरु गरे।

उनले विगतका वर्षहरूमा भौतिक योजना तथा निर्माण मन्त्रालय, स्थानीय विकास मन्त्रालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालयलगायत नेपाल सरकारका विभिन्न मन्त्रालयमा मन्त्री भइसकेका छन् ।