कतिको लोकप्रिय/अलोकप्रिय छन्? दिपु उप्रेती
Approved Disapproved

परिचय

नमस्कार, म दिपु उप्रेती । काठमाडौं छेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार, पेशाले इन्जिनियर, उद्यमी र समाजसेवी । २८ वर्षको उमेरमा आफ्ना अनुभवहरु सँगालेर सेवा गर्ने उद्देश्यका साथ क्रस खुकुरी चुनाव चिन्ह लिएर यहाँहरुको घर दैलोमा आइरहेको छु । यहाँहरुको अमूल्य मतबाट विजयी हुनेमा विश्वस्त छु ।


प्रत्येक पाँच वर्षमा चुनाव आउँछ जान्छ तर त्यो चुनावले देशको राजनीतिक, आर्थिक र सामाजिक भविष्यको मार्गचित्र पनि तय गर्दछ । यो अवसरलाई सदुपयोग गर्नु सबैको दायित्व हो । यहाँहरुलाई देशभक्त, विकासप्रेमी, निडर र दुरदृष्टि भएका,े युवा जोस र जाँगरले भरिएको जनप्रतिनिधि, चयन गर्न हार्दिक अनुरोध गर्दछु ।


देशमा दलका केही व्यक्ति बने तर आमजनताले दुःख पाइरहे । बेथिती, विकृती, अराजकता, महङ्गी र भ्रष्टाचारले जनताको ढाड सेक्ने दुष्कार्य भयो । जनताले दिएको मतको अपमान दलहरुले गरे । यो अपमानको जवाफ नेपाली जनताले मंसिर ४ मा दिनेछन् । हामी एक्लो छैनौं स्वतन्त्रहरुको सञ्जाल छ हामीसँग । नागरिक, नागरिकको सञ्जाल नेपाल स्वतन्त्र नागरिक सञ्जाल छ । हामी विचार र एक्सनको राजनीति गर्न उत्रिएका छौं । सिजनको होइन भिजनका साथ आएका छौं ।


देशले अन्याय, अत्याचार र अराजकताबाट मुक्ति पाउनुपर्छ । स्वतन्त्र आफैमा मुक्तिको पर्यायवाची हो । यो देशलाई अब स्वतन्त्र विचारधाराले नै मुक्त गर्न सक्दछ