कतिको लोकप्रिय/अलोकप्रिय छन्? सुमित खरेल
Approved Disapproved

परिचय

सुमित खरेल वाग्मती प्रदेशको काठमाडौँ जिल्ला स्थित बूढानीलकण्ठ, वडा न ८ का ३३ वर्षीय युवा हुन्। उनि निरन्तर सिकाईमा विश्वास गर्ने, सानो प्रयासबाट सकारात्मक परिवर्तन मै रमाउने भएकाले बाल्यकाल देखि नै राजनीति र सामुदायिक विकासमा धेरै चासो राख्ने व्यक्ति हुन् । उनले ज्ञानको खोजीमा दुई वर्ष दुर्गम नेपालमा बिताए र समुदायलाई नजिकबाट अध्ययन गरी हाल स्नातक तह सम्मको अध्ययन पुरा गरेका थिए । प्रविधि उद्योग, शिक्षा र स्थानीय शासनमा काम गर्दै आएका खरेल मार्केटिङ र व्यापार विकासमा पनि संलग्न छन् । अहिले आफ्नै कम्पनी मार्फत इन्टिग्रेटेड होम सलुशन गुणस्तरीय सेवाहरू उपलब्ध गराई रहेका छन् , यस अघि बूढानीलकण्ठ नगरपालिकाको मेयरको कार्यकारी सहायकको रुपमा पनि काम गरेका थिए। 

 

खरेलले समावेशिता सहितको दिगो विकास गरेर बूढानीलकण्ठलाई देशकै अग्रणी नगरपालिका बनाउने, ‘ बागमति, विष्णुमति र रुद्रमतिले काठमाण्डौँको सभ्यताको बिकासमा देन गरे जस्तै बूढानीलकण्ठको ज्ञान, विकास र चेतनाले नेपाल भरिकै स्थानीय सरकारमा देन गर्न सक्ने गरी आजको समस्या मात्र होईन आउने दिनका समस्याहरुको विश्लेषण,योजना निर्माण तथ्याङ्कमा आधारित सुशासन, वातावरणीय संरक्षण, जनशक्तिको विकास, नागरीकको स्वास्थ्य र शिक्षामा समर्पित सरकार बनाउने उदेश्य लिएका छन्। उनले छोटोमा भन्दा दिगो विकास लक्ष्यलाई आधार बनाएर त्यसका सुचकमा आधारित रहेर काम अगाडी बढाउने संकल्प गरेका छन् । सुशासन, शिक्षा, र स्वास्थ्यलाई केन्द्रविन्दुमा राख्दै पुर्वाधार निर्माण, वातावरण संरक्षण, खेलकुद, र आर्थिक विकासलाई अगाडी बढाउने योजना गरेका छन् । उनले सार्वजनिक शिक्षाको सुधारको लागी शैक्षिक पुर्वाधार थप्ने, जनशक्ति विकास, पढाई घण्टी व्यवस्थापनको काममा हामी ध्यान दिने, शिक्षकहरुका लागी निरन्तर मुल्याकंन प्रणाली सुरु गर्ने बाचा गरेका छन्। 

 

खरेल को हरेक वर्ग र समुदायका नागरीकहरुको पहुँचमा रहने सरकार बनाउने, नगरपालिकामा ह्विलचियर बाट सेवा लिन सकिने बनाउने, कान नसुन्ने समुदायको लागी दोभाषेको व्यवस्था गर्ने, दिगो विकासको लागी शहरी योजना आयोग बनाएर काम गर्ने योजना छ। उनि नागरीकको स्वास्थ्य प्रति एकदमै सचेत छन्। रोग लाग्न नदिन, मानशिक र भौतिक स्वास्थ्यलाई तन्दुरुस्त राख्नको लागी हामी काम गर्ने त्यसको लागी खुल्ला क्षेत्रको निर्माण गर्ने, खेल पुर्वाधारमा लगानी, व्यायाम गर्ने स्थान निर्माण, योग र ध्यानलाई समुदाय र विद्यालय स्तर सम्ममा नै लाने, नागरीकको जिवनशैली, उपभोग गर्ने खाद्यान्नहरुको गुणस्तर प्रति सचेत छन्। वातावरणिय व्यवस्थापनमा काम गर्ने, फोहोर मैला व्यवस्थापनको कामलाई उच्च प्राथमिकतामा राख्ने, प्राकृतिक वातावरणको संरक्षण, नागरीकहरुमा फोहोर नगर्नको लागी व्यवहारीक परिवर्तन ल्याउने योजना छ। त्यस्तै शहरी बाढि व्यवस्थापन गर्न बर्षातको पानी संकलन प्रणाली जडान गरेर वर्षातको पानीको प्रवाहलाई नियन्त्रण गर्ने उपायहरु अवलम्बन गर्दै नियमित रुपमा सडक ढल निर्माण गर्ने उनका एजेन्डाहरु रहेका छन्। 

 

खरेल युवा तथा खेलकुदमा पनि उतिकै सक्रिय छन् र यी हुन् उहाँका केहि सामाजिक गतिविधीहरु   

  1.    युवा तथा खेलकुदमा सक्रिय,
  2.    तत्कालिन चपली गा.वि.स वडा नं ८ को फुटबल टिमको व्यवस्थापक
  3.   धोविढुगां तल्लो भंगाल खानेपानी उपभोक्ता समितिको व्यवस्थापकको रुपमा कार्यरत
  4.   चपली सामुदायिक केन्द्रको युवा गतिविधीहरुमा क्रियाशिल
  5.   सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेको
  6.   २ वर्ष ललितपुरको ग्रामिण भेगमा गएर शिक्षण गरेकोअमेरीकाको स्थानीय सरकार सञ्चालनको अनुभव लिनको लागी प्रोफेसनल फेलोज प्रोग्राममा सहभागी
  7.  हाम्रो बूढानीलकण्ठ फेसबुक पेजको संस्थापक
  8.  बूढानीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको युवा अभियान ‘युवानीलकण्ठ’ कार्यक्रमको संयोजकको रुपमा काम गरेको           



  1.  सबैको पहुँचयुक्त सुशासन निर्माण गर्ने,
  2.  बूढानीलकण्ठलाई शैक्षिक हब बनाउने,
  3.  ड्रग फ्रि बूढानीलकण्ठ बनाउने,
  4.  डिजिटल बूढानीलकण्ठमा जोड दिने , 
  5. सिटी क्लिनिकलाइ विशेस जोड दिने,
  6. खेल संस्कृति भएको नगर बनाउने,
  7. युवा विकासका कार्यक्रमहरु लाइ प्रोत्साहन गर्ने, 
  8. उद्यमशिल बूढानीलकण्ठ निर्माण गर्ने,


फोटो
भिडियो