52 Year विद्यावारिधि तह स्वतन्त्र वाग्मती प्रदेश Kathmandu क्षेत्र नम्बर-4
कतिको लोकप्रिय/अलोकप्रिय छन्? शिबेन्द्र के.सी.
Approved Disapproved

परिचय

शिबेन्द्र के.सी. एक इन्जिनियर हुन । उनले हाल काठमाडौँ क्षेत्र न.४ बाट स्वतन्त्र उम्मेदवार दिएका छन् ।



  • नेपाल राष्ट्रलाई २००७ साल देखि, देश बिरोधि शक्तिहरुले चलखेल गर्ने योजना अनुरुप रचिएको चक्रव्युहमा फसाई राख्न, राजतन्त्र, भणतन्त्र, जंगलतन्त्र अनि लुटतन्त्र जस्ता तन्त्रै तन्त्र, राष्ट्रिय इतिहास, संस्कृति र अखण्डतालाइ नै ध्वस्त पार्ने गरि जात, धर्म र बर्ग को नाममा चलाई रहेको षड्यंत्र, सबैको संविधान बाटै, सधै को लागि अन्त्य गरि, नेपाल लाइ बनाउने "सुन्दर शान्त र स्वतन्त्र" |
  • राष्ट्र प्रमुखको प्रतक्ष्य निर्वाचन गरि, राष्ट्र प्रमुखले कामको आधारमा “हायर एंड फायर" को अधिका सुरक्षित र खेर सम्बन्धित विज्ञ तथा योग्य मंत्रीहरुलाई नियुक्ति गरिसरकार निर्माण गर्ने ।
  • प्रदेश सभा खारेज गर्ने र सात प्रदेशलाइ, पाँच विकास प्रदेशको अबधारनामा पुनर्सिमांकन गर्ने । एक विकास प्रदेशमा १५ बिकाश क्षेत्र हुने गरि राष्ट्रमा जम्मा ७५ बिकाश क्षेत्र कायम गर्ने ।
  • हरेक विकास क्षेत्रमा एक प्रतिनिधि सभा सदस्य हुने गरि प्रतिनिधि सभामा प्रतिनिधि सभा सदस्य जम्मा ७५ बनाउने । प्रतिनिधि सभा सदस्य मंत्री बन्न र सरकारमा जान नपाउने ।
  • धेरै ले थोरै काम गर्ने प्रणालीको अन्त गर्दै, थोरै ले धेरै काम गर्ने अबधारनाका साथ, एक विकास क्षेत्रमा एकै प्रकारको ३ स्थानिय निकाय हुने गरि ७५३ स्थानिय निकायलाइ पुनर्सिमंकन गरि, २२५ बनाउने र हरेक स्थानिय निकाएमा वडा संख्या १५ रहने ।
  • स्थानिय निकायको जनसेवामा प्रत्यक्ष सरोकार हुने भएकोलेहालकै व्यवस्था अनुरुप स्थानिय सरकार निर्माण गर्ने ।
  • राष्ट्रिय नीति र विकास प्रदेशको विकास तथा कार्यक्रमहरु केन्द्र सरकार को अधिकार क्षेत्रमा रहने विकास क्षेत्रको विकास तथा कार्यक्रमहरु प्रतिनिधि सभा सदस्यको कार्य नेतृत्वमा केन्द्र सरकारको दिशानिर्देश अनुरूप हुने ।
  • स्थानिय निकाय र वडाको विकास तथा कार्यक्रमहरु, स्थानिय सरकारको अधिकार क्षेत्रमा रहने ।
  • जनताको आधारभूत आवश्यकता, समस्या र विकासमा बडा र वडा सदस्यहरुको प्रतक्ष सरोकार हुने भएकोले ४ जना वडा सदस्यहरुको ४ कार्यक्षेत्र १ स्वास्थ्य २. शिक्षा ३. सामाजिक विकासनिर्धारण गरि व्यापकताका जना साथ जनताको सेवामा समर्पित गराउने
  • निम्नतम सैक्षिक योग्यता को हकमा राष्ट्र प्रमुख प्रधिनिधि सभा सदस्य र स्थानिय निकाय को अध्यक्ष/उपाध्यक्ष (मेयर/उपमेयर) स्नातक वा सो सरह हुनु पर्ने र वडा अध्यक्ष र वडा सदस्य कक्षा १२ वा सो सरह हुनु पर्ने
  • सरकार र संरचना संख्या को सारांश : तहको सरकार अन्तर्गत केन्द्र सरकार संख्या १ र स्थानीय सरकार संख्या २२५ विकास प्रदेश संख्या ५ विकास क्षेत्र संख्या ५ X १५=७५ स्थानीय निकाय संख्या ७५ X ३=२२५ वडा संख्या २२५ X १५= ३३७५
  • विकास र रोजगारी सुनिस्चितता को अवधारना
  • पार्टी, पार्टीका नेताहरु पार्टीको सिन्डिकेट र माफियातन्त्र कैले पनि परिवर्तन नहुने तर देश बिरोधि शक्तिहरुको चलखेल र स्वार्थ पूर्तिको लागि देशका योजना र प्रणालीहरु मात्र निरन्तर परिवर्तन भैरहनेराष्ट्र र विकासका कार्यक्रमहरु गतिहिन रहिरहने हालको स्थितिलाई अन्त्य गर्दै राष्ट्र प्रदेश स्थानिय र वडा को स्वरूप कस्तो हुने विस्तृत अल्पकालीन तथा दिर्घकालिन योजना र प्रणाली तयार गरि केन्द्र सरकार स्थानिय सरकार र जनप्रतिनिधिहरुले सो योजना अनुरूप कार्य गर्न ।
  • स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिदै, हरेक वडामा १२ कक्षा सम्मको स्कुल स्वास्थ्य चौकी निसुल्क संचालन गर्ने ।
  • नेपाली जनताले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य उपचार र शिक्षा नेपाल मै प्राप्त गर्न सकुन भनि, ७५ वटै विकास क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको एउटा जेनेरल हस्पितल र एउटा युनिभर्सिटी संचालन गर्दै नेपाललाई स्वास्थ्य र शैक्षिक पर्यटकिय राष्ट्रको अवधारनामा व्यापकताका साथ अघि बढाउने
  • जनताको सेवा र योजना सरल, चुस्त र प्रभावकारी बनाउनको लागि सबै नेपालीहरुकोको व्यक्तिगत विवरण सहित को राष्ट्रिय डाटा केन्द्र स्थापना गरि बड़ा स्तरमै डाटा इन्ट्री गर्ने ।
  • सगरमाथापशुपतिनाथ गौतम बुद्ध लगायतका सम्पूर्ण राष्ट्रिय गौरव र पहिचानहरुको सुचिकृत र संरक्षण गर्दै, राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटन विकासको अवधारना ब्यापकताका साथ अघि बढाउने ।
  • नेपाललाई रसायनिक मल र केमिकल बाट मुक्त गर्दै विश्वको एक मात्र अर्गानिक राष्ट्रको पहिचान विस्तार गर्दै जाने।
  • अर्गानिक राष्ट्र अन्तर्गत, अर्गानिक उद्योग संचालन गर्न, हिमाल पहाड तराईमा रहेका राष्ट्रिय प्राकृतिक श्रोत, संरचना, जडिबुटी र खानीहरुको पहिचान, उत्खनन, विकास र सो सम्बन्धित उद्योगहरु संचालन गर्न, राष्ट्रिय अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई सरल र सुरक्षित लगानिमय वातावरण तयार गर्ने ।
  • संसारकै दुइ ठुला मार्केट, इंडिया र चिनको बीचमा पूर्वमा इस्ट एशिया र पश्चिममा गल्फ राष्ट्रहरु भे, एशिया के केन्द्रमा पर्नेगरी नेपालले पाएको प्रकृतिको भौगोलिक वरदान लाई पूर्ण सहयोग गर्न स्वदेशी तथा विदेशी लगानी गर्दैलगानीकर्ता, लाई अनुकुल नीति अपनाईनेपाललाई अन्तर्राष्ट्रिय व्यापार तथा औद्योगिक केन्द्रमा विकास नेपालीहरुलाई स्वदेशमै प्रसस्त रोजगारी को बाताबरण सुनिस्चित गर्ने ।
  • कर्मचारी र मजदूर सबैको हकहितको संरक्षण हुने गरि कानुन बनाउने ।
  • भ्रष्टाचार मुक्त राष्ट्रको परिकल्पना लोक सेवा परिक्षा मार्फत, उच्च योग्यत भएका, जनसक्ति नियुक्ति गरि केन्द्रमा केन्द्रिय स्तरको र हरेक विकास क्षेत्रमा (क्षेत्रमा पर्ने ३ वटै स्थानिय निकायलाई हेर्ने गरि), ७५ वटा छेत्रीय स्तरको, स्वतन्त्र, उत्त्त्व प्रशिक्षित, अधिकार सम्पन्नअख्तियार दुरुपयोग अनुसन्धान संयन्त्र निर्माण गर्ने ।
  • सबै नेपाली नागरिकलाई व्यक्तिगत वा व्यवसायिक रूपले रास्ट्रिय कर प्रणालीमा आबद्ध गराउदै, शून्य सहनशीलता को अवधारना अनुरूप नेपाल लाइ भ्रष्टाचार मुक्त राष्ट्रको अन्तरास्ट्रिय पहिचान बनाउने ।