कतिको लोकप्रिय/अलोकप्रिय छन्? सुनिता डंगोल
Approved Disapproved

परिचय

सुनिता डंगोल नेकपा एमालेबाट काठमाडौं महानगरको उपप्रमुखकी प्रत्यासी हुन् । डंगोल सुरुमा स्वतन्त्र रूपमा मेयरको प्रत्यासी बन्ने खबरका कारण चर्चामा रहिन् । तर उनलाई अन्तिम समयमा एमालेले उपमेयरको उम्मेदवार बनायो । त्यसो त, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको टिममा विज्ञका रूपमा काम गरेकी थिइन् ।


सन् २०११ मा मिस नेवाको ताज पहिरिन सफल उनी प्रतिभाशाली युवा नेतृ हुन् । उनले रञ्जना लिपिलाई विश्वभर फैलाउने अभियन्ताको रूपमा पनि काम गरिन् । लिपि क्वीनले चिनिने डंगोलले संसारका एक दर्जनभन्दा बढी मुलुक भ्रमण गरिसकेकी छिन् । उनले सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी छिन् । यिनै क्षमता र विशेषताको बलमा ३० वर्षीया डंगोल भूगोल र भर्चुअल दुवैतर्फ उत्तिकै ‘भिजिबल’ छन् । नेपाल भाषा विज्ञको रूपमा टेलिभिजनमा समेत काम गरेकी उनी वाक्कलामा पनि पोख्त छिन् । आफ्नो प्रस्तुतिका कारण पनि उनी युवा पुस्ताबीच चर्चाको पात्र बनेकी छिन् । नेकपा एमालेले काठमाडौं उपत्यकामा स्वतन्त्र र युवा उम्मेदवारप्रति मतदाताको आकर्षणलाई ध्यान दिएर उनलाई उपमेयरको उम्मेदवार बनाएको अनुमान गर्न सकिन्छ । यो निर्णय गरिरहँदा पार्टीमा लामो समयदेखि क्रियाशील धेरै नेता पाखा लागेका छन् ।

डंगोल पार्टीको मतसँगै स्वतन्त्र मत समेत आफूलाई आउने दाबी गर्छिन् ।


‘काठमाडौंका बासिन्दाको माया हामीले पाइरहेका छौं, पार्टीको शक्ति त छँदैछ’ डंगोल भन्छिन्, ‘न्युट्रल भोट हेर्ने हो भने पनि अहिले देशभर युवा पुस्तालाई मौका दिनुपर्छ भन्ने आवाज आइरहेको छ ।’मतदाताको यही चाहनालाई सम्बोधन गर्दै पार्टीले आफूलाई अवसर दिएको बुझाइ उम्मेदवार डंगोलको छ । उनी भन्छिन्, ‘पार्टीको यही निर्णयका कारण जो कुनै पनि पार्टीमा हुनुहुन्न, उहाँहरू पनि एमालेप्रति आकर्षित हुनुभएको छ ।’


प्राविधिक धारको माध्यमिक विद्यालय स्थापना गर्ने,

गम्भीर रोगको पूर्व परीक्षण र पाठेघरको क्यान्सरको निः शुल्क परीक्षण गर्ने,

प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्य बिमा गर्ने,

एक घर एक धारा अभियान अन्तर्गत आगामी दुई वर्षभित्र सबै नागरिकलाई खानेपानीको सुलभ व्यवस्था गर्ने

‘पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्र’ मान्यतालाई सङ्घीय संरचनाका तीनैवटा तहमा लागू गर्ने,

सबै स्थानीय तहका केन्द्र र तराई–मधेस तथा पहाडी जिल्लाका स्थानीय तहको वडा केन्द्रसम्म दुई वर्षभित्र ब्रोडब्यान्ड इन्टरनेट सुविधा पु¥याइने र अप्टिकल फाइवर नपुगेका स्थानीय तहमा माइक्रोवेभ फ्रिक्वेन्सीको माध्यमबाट इन्टरनेट सुविधा उपलब्ध गराइने एमालेको योजना छ । 



फोटो
भिडियो