कतिको लोकप्रिय/अलोकप्रिय छन्? सागर ख्रडका
Approved Disapproved

परिचय

मैले बिगत लामो समयदेखि राष्ट्र राष्ट्रियताको मुद्धाहरुमा सडकबाट आवाज उठाउँदै आएको छु । वाइडबडी, ललिता निवास, ऋभी, लिपुलेक, लिम्पियाधुरा, गुठी विधेयक, धार्मिक मुद्धा, नागरिकता, ऋऋ र क्एए लगायतका काण्डहरु र राष्ट्रघाती कदमहरुका बिरुद्धमा सडकबाट अग्रपन्तीमा रहेर आवाज उठाउँदै आएको छु । आफ्नो पेसाको माध्यमबाट देशको राष्ट्रियता बचाउँनका लागि हाम्रा अध्यक्षः वालकृष्ण नेउपाने र हामीले जेजति कामहरु गरेका छौं त्यो यहाँहरुका समक्ष सर्वविदितै छ । हामीले सो कार्य जन्मभूमि नेपाल राष्ट्रप्रतिको कर्तव्य ठानेका छौं । अब हामी नीति निर्माण तहमा नै पुगेर हरेक राष्ट्रघातलाई रोक्नका लागि जनप्रतिनिधि भएर नेपाल आमालाई सेवा गर्न चाहन्छौं । 


काठमाडौं क्षेत्र नं. ५ लाई पर्यटन, शिक्षा र स्वास्थ्यको हव बनाउन नीति निर्माण गर्ने, काठमाडौं निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत पर्ने सम्पूर्ण सामुदायिक स्कुलहरुको स्तर उन्नति गर्ने, काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा कम्तिमा ३ वटा बुढानिलकण्ठ जस्तै स्कुल निर्माण गर्न बजेट व्यवस्थापन गर्ने, काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा पर्ने टिचिङ अस्पताल, कान्ति बाल अस्पतालमा निःशुल्क, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनलाई अहम भूमिका खेल्ने, काठमाडौं निर्वाचन क्षेत्र नं. ५ को संसद विकास कोष दुरुपयोगको सम्बन्धमा विषय विज्ञसहितको आयोग बनाई छानविन गर्ने, • कलाकार, खेलाडी, शिक्षक, प्राध्यापक तथा धार्मिक गुरुहरु आदीलाई समाजका उच्च सम्मानित व्यक्तिको रुपमा सम्मानित गर्ने, ठुला भ्रष्टाचारी र जघन्य अपराध गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्ने, दुई वर्षभित्रमा सबै तहका अदालतमा बाँकी रहेका पुराना मुद्धा फैसला गर्न पहल गर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री संसद सदस्य मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था गर्ने, केन्द्रीय संसदमा ११५ सांसद र ११ जना मन्त्री मात्र रहने संवैधानिक व्यवस्था गर्ने यसबाट बचत भएको पैसाले शिक्षा र स्वास्थ्य पूर्णरुपमा निःशुल्क गर्ने, पञ्चायतकालदेखि हालसम्मका सबै राजनितीज्ञको र उच्च ओहदाका भ्रष्टचारीहरुको जनताद्वारा गठित नागरिक आयोगबाट छानबिन गरी भ्रष्टाचार गरेको रकम जफत गरी उक्त सम्पत्ति गरिबी निवारण, युवा रोजगार, स्वाथ्य उपचार, महिला सशक्तिकरण र बृद्धभत्ता बृद्धि गर्ने कार्यमा लगाउने । नेतालाई २०६३ साल यता सरकारले बाडेको आर्थिक सहायता र औषधि उपचारको रकम व्याजसहित असुल उपर गरी उक्त रकमबाट बृद्धभत्तामा बृद्धि गर्ने आर्थिक बर्ष श्रावण १ गतेलाई हटाई बैशाख १ देखि चैत्र मसान्तसम्म कायम गरी असारे विकासका नाममा भएको विनाश बन्द गर्ने, सबै संवैधानिक अंग र न्यायपालिकामा एकपटक पुनः नियुक्तिको संवैधानिक व्यवस्था गर्ने, देशको अहितमा गरिएका असमान सन्धि सम्झौता र कानुनी व्यवस्थालाई खारेज गर्ने, निर्वाचन प्रणालीमा आमुल परिवर्तन गरी नागरिकको स्वतन्त्र आयोगबाट जुन व्यक्ति भ्रष्टाचारमा संलग्न छैन भनि छानबिन गरी पत्र दिएपछि मात्र निर्वाचनमा उम्मेदवार हुन पाउने संबैधानिक व्यवस्था गर्ने, सरकारी खर्च क्रमश घटाई विकास खर्च ८० प्रतिशत र सामान्य खर्च २० प्रतिशत कायम गर्ने, हालसम्म चर्चामा आएका सबै भ्रष्टाचारका काण्डहरु जस्तैः ललितानिवास (बालुवाटार) काण्ड, ३३ किलो सुन काण्ड, पशुपतिनाथको ९ किलो सुन काण्ड, ओमनी काण्ड, केन्टोनमेन्ट काण्ड, एनसेल काण्ड, वाइड वडी काण्ड, गोकर्ण रिसोर्ट काण्ड, बतास समूह काण्ड, संसद विकास कोष, नेताहरुलाई आर्थिक सहायता र औषधि उपचार आदि काण्डको जनताको स्वतन्त्र आयोगबाट छानबिन गरी भ्रष्टाचारमा मुद्दा चलाउने ।