कतिको लोकप्रिय/अलोकप्रिय छन्? रघुवीर महासेठ
Approved Disapproved

परिचय

रघुवीर महासेठ एक नेपाली राजनीतिज्ञ तथा पूर्व उपप्रधानमन्त्री हुन्। वि.सं. २०५१ देखि राजनीतिमा सक्रिय महासेठ दोस्रो ओली मन्त्रिपरिषदमा उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीको रूपमा सेवा गरेका थिए। उनले यसअघि सन् २०१८ मार्च १६ देखि सन् २०१९ नोभेम्बर २० सम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा काम गरेका थिए। उनले सन् २०११ मा झलनाथ खनाल मन्त्रिपरिषदमा सिँचाइ मन्त्रीको रूपमा पनि काम गरेका थिए। उनी दोस्रो ओली मन्त्रिपरिषद्का सबैभन्दा धनी मन्त्री भएका कारण पटक–पटक विवादित हुँदै आएका थिए। प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रघुवीर महासेठ धनुषा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ४ बाट ३२,२३६ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले ३२,११२मत प्राप्त गरेका थिए।