२०११ मंसिर २६ Year N/A Kaski
कतिको लोकप्रिय/अलोकप्रिय छन्? पुष्पकमल दाहाल
Approved Disapproved

परिचय

दाहालको जन्म कास्की जिल्लाको ढिकुरपोखरी गा. वि. स. वडा नं २ लिवाडेमा वि. सं २०११ साल मंसिर २६ गतेका दिन भएको थियो । यिनी पिता मुक्तराम दाहाल र माता भवानीदेवी दाहालको कोखबाट जेष्ठ पुत्रका रूपमा, जन्मेका थिए । यिनको बाल्यकालको नाम छविलाल दाहाल थियो ।
पढाईमा अब्बल दर्जा भएको पुष्पकमलमा राजनीतिक बीउ भने १० कक्षा पढ्दादेखि अङ्कुराउन थालेको हो। प्रचण्ड त्यो क्षण सम्झन्छन्, "पहाडमा खान नपुगेर तराईको पीडाले पनि परिवारमा मनोवैज्ञानिक असर परेकै थियो। त्यसमा पनि वरपरको वातावरण पनि पूरै कम्युनिस्टमय थियो। मेरै घरनजिकधनबहादुर विक कम्युनिस्ट कार्यकर्ता रहेछन्। उनले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिए। उनले नै रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका हुन्।" त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो। चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसियो। त्यस हिसाबले उनको राजनीतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको माने हुन्छ। भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए। ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे। उनको विश्लेषणमा, "लामाको चुनावप्रतिको मोह भएका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागियो। मोहनविक्रम नै मेरा विरूद्ध केन्द्रीय समितिमा यसरी नकारात्मक रूपमा प्रस्तुत हुनुभयो, पछि बाध्य भएर विद्रोह गर्नुपर्‍यो।