कतिको लोकप्रिय/अलोकप्रिय छन्? प्रकाश शरण महत
Approved Disapproved

परिचय

नुवाकोट, कविलासका डा. प्रकाशशरण महत संविधानसभामा समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद् भएका थिए। दुई सन्तानका पिता डा. महतले अमेरिकाबाट अर्थशास्त्रमा पी-एच्. डी. गर्नुभएको छ। समाजसेवामा उहाँको विशेष रुचि छ। विभिन्न पत्रपत्रिकामा उहाँका आर्थिक विश्लेषण र परराष्ट्र सम्बन्ध सम्बन्धी लेख प्रकाशित हुँदै आएका छन्। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, मानव अधिकार, प्रेस स्वतन्त्रता र युवा रोजगारीका मुद्दालाई आफूले संविधानसभामा विशेष जोड दिएर उठाउने वताउनुहुन्छ। डा. महतले ने.वि.संघको महामन्त्री, सात पार्टीको वार्ता कमिटी सदस्य र परराष्ट्र राज्यमन्त्रीको जिम्मेदारी सम्हालिसकेका छन्। महतको राजनीतिका यात्रा २०३६ सालमा शुरु भएको हो, जुनवेला उनी विद्यार्थी थिए। यसक्रममा उनी पटक पटक पक्राउ परेका थिए।
२०६१ जेठमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रालयमा राज्यमन्त्री थिए। राज्यमन्त्री हुँदाको समयमा भुटानी शरणार्थी मामिलाको दुईपक्षीय वार्ता, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनमा निर्देशक नियुक्ति र कर्मचारी पोष्टिङमा पनि महत विवादमा परेका थिए। परराष्ट्र सचिव मधुरमण आचार्यसँग पनि त्यस समय उनको सम्बन्ध राम्रो भएन। २०६१ माघको राजनैतिक घटना पछि उनी पदमुक्त भए।बि.सं. २०६६ सालमा मा बनेको माधवकुमार नेपाल नेतृत्वको कांग्रेस-एमाले गठबन्धन सरकारमा प्रकाश शरण महत उर्जा मन्त्री भएका थिए। करिब एक बर्ष उर्जा मन्त्री रहेका महत विभिन्न विवादमा परेका थिए। ऊर्जामन्त्री हुँदा सामान खरिदको विवादमात्रै नभएर मन्त्रालयका सचिवसँग हातपातमै उत्रिएको आरोपसमेत उनलाई लागेको थियो।२०७३ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको कांग्रेस माओवादी गठबन्धन सरकारको बेला पराराष्ट्रमन्त्री भए। परराष्ट्र मन्त्री हुँदा पनि अनावश्यक वैदेशिक भ्रमण, राजदूत नियुक्तिका विवादित निर्णय र रुखो स्वभावका लागि मात्र उनी बढी चिनिए। स्पेनमा दूतावास स्थापना गर्ने, लस एन्जलमा वाणिज्य दूतावास स्थापना गर्ने अध्ययनबिनाको भाषणले पनि उनी विवादमा तानिएका थिए।गठबन्धनबाट अर्थमन्त्री बनेका प्रकाशशरण महतले संकटोन्मुख अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने जिम्मेवारी पाएका छन् । प्रकाशशरणका दाजु रामशरण महत भने यसअघि पटकपटक अर्थमन्त्री बने ।