कतिको लोकप्रिय/अलोकप्रिय छन्? निरज प्रसाद आचार्य
Approved Disapproved

परिचय

२०४६ सालमा देशमा प्रजातन्त्र आयो । बहुदल स्थापना भएसँगै विद्यालयहरूमा विभिन्न विद्यार्थी संघहरूले संगठन बनाउन सुरु गरे । नेविसंघ, अखिल छैटौं, अलिख पाँचौं लगायतका विद्यार्थी संघसंगठनहरूले विद्यालयमा संगठन बनाउने क्रममा आचार्य केही समयपछि अखिल पाँचौँको प्रारम्भिक कमिटी अध्यक्ष बन्न पुगे । यसमा उनका दाई रामलाल आचार्यको ठूलो भूमिका छ । २०५० सालमा अनेरास्ववियु पाँचौँको जिल्ला कमिटी सदस्य र ०५१ सालमा उपसंयोजकको जिम्मेवारी । २०५१ साउनमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (अहिलेको युवा संघ)को संस्थापक सचिव भएर युवा राजनीतिमा । युवासंघको २०५२ चैत ११ मा भएको प्रथम जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष । २०५४ सालमा भएको स्थानीय निर्वाचनमा जिविस सदस्यमा निर्वाचित । २०५४ चैतमा भएको युवा संघको तेस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य तथा भेरी अञ्चल संयोजक/ईन्चार्ज । प्ररायुसंघको केन्द्रीय सदस्य । २०५८ सालदेखि भूगोलको जिम्मेवारी छोडेर काठमाडौंमा राजनीतिक गतिविधिमा संलग्न । युवा संघको कार्यालय सचिव । २०६३ सालमा विराटनगरमा भएको छैटौँ राष्ट्रिय सम्मेलनबाट संगठन विभाग प्रमुख, लहानमा भएको सातौँ राष्ट्रिय सम्मेलनबाट महासचिव । बुटवलमा भएको आठौँ राष्ट्रिय सम्मेलनमा अध्यक्षका प्रत्यासी, पराजित । २०५४ सालदेखी लगातार ९ वर्ष नेकपा (एमाले) जाजरकोट जिल्ला कमिटी सदस्य । पार्टीको भेरी अञ्चल कमिटी सदस्य । राष्ट्रिय परिषद सदस्य । केन्द्रीय श्रम तथा रोजगार विभागका सचिव र २०७५ नेकपाको केन्द्रीय कमिटी सदस्य । नेकपा जाजरकोट जिल्लाको सहईन्चार्ज २०७५ । एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य । निर्वाचन विभाग उप–प्रमुख २०७९ ।