कतिको लोकप्रिय/अलोकप्रिय छन्? महेन्द्र यादव
Approved Disapproved

परिचय

धनुषा क्षेत्र नम्वर ४ बाट उम्मेदवार बनेका महेन्द्र यादव नेपाली काँग्रेसका सह–महामन्त्री हुन् । धनुषाको सपही घर भएका यादव काँग्रेसको तरुण दलबाट राजनीति यात्रा सुरु गरेका थिए ।

बिज्ञान सकायको गणितशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । अहिलेका गृहमन्त्री बालकृष्ण खाँड तरुण दलको अध्यक्ष हुँदा यादव उपाध्यक्ष थिए । त्यसैले खाँडसँग यादवको घनिष्ट सम्बन्ध छ । उनी पार्टी सभापति शेरबहादुर देउवा समूहमा छन् ।

पार्टीले उनलाई पहिलो र दोस्रो संविधानसभा सदस्य समानुपातिक कोटाबाट बनाएको थियो । उनी देउवा नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाई मन्त्रालय सम्हालनेका थिए ।