कतिको लोकप्रिय/अलोकप्रिय छन्? कृष्णदेव भण्डारी
Approved Disapproved

परिचय

Introduction


नेपाल विवेकशील पार्टीले आसन्न स्थानीय तह निर्वाचनका लागि आफ्नो घोषणापत्र तयार गरेको छ । पार्टीका प्रवक्ता विजय बाबु सिवाकोटीले विज्ञप्ति जारी गर्दै घोषणापत्र सार्वजनिक गरेका हुन् । पार्टीले देशभरका विभिन्न स्थानीय तहहरूमा कुकुरको मुखाकृति चुनाव चिह्न लिई प्रतिस्पर्धा गर्दै छ । उक्त दस्ताबेज तथा स्थानीय आवश्यकताका आधारमा पार्टीको तर्फबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने आधिकारिक उम्मेदवारहरूले आ–आफ्ना घोषणापत्रहरू जारी गर्न सक्ने उक्त विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ घोषणापत्रमा भएका मुख्य मुद्दाहरू:

१) सुशासित, सुव्यवस्थित स्थानीय तह (सुविधायुक्त, प्रविधियुक्त तथा झन्झट मुक्त सार्वजनिक सेवा)

२) गरिखान सक्ने, सबल, उद्यमशील स्थानीय तह (जीवनयापन, उत्पादकत्व तथा आर्थिक सम्पन्नता)

३) सुन्दर, हराभरा, बाँझो रहित स्थानीय तह (पर्यटन, पर्यावरण तथा कृषि उत्पादन)

४) विविधता युक्त, समावेशी स्थानीय तह (सांस्कृतिक उत्थान, सम्पदा संरक्षण तथा विविधता)

५) गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो लगायतका आधारभूत सुविधाहरु सुनिश्चित गर्ने स्थानीय तह पूर्वाधातथा समतामूलक विकास) 

६) समन्वय र सहकार्य (स्थानीय, प्रदेश तथा संघीय सरकार)