कतिको लोकप्रिय/अलोकप्रिय छन्? के.पी शर्मा ओली
Approved Disapproved

परिचय

के.पी शर्मा ओलीको जन्म २००८ साल फागुन ११ गते शनिबार तेर्हथुम जिल्लाको इवा गाउँमा भएको थियो। उनले माता मधुमाया ओली र पिता मोहन प्रसाद ओलीको जेठो सन्तानका रुपमा जन्म लिएका थिए। उनको वास्तविक नाम भने खड्गप्रसाद ओली हो। ओली २०२० सालमा तेर्हथुमबाट झापातर्फ बसाई सराई गरेका थिए। ओलीले झापाको आदर्श माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका थिए। 

   नेपालको राजनैतिक पाना पल्टाएर हेर्ने हो भने के.पी शर्मा ओलीको बारेमा थाहा नपाउने सायदै कम होला! उनले २०२३ सालमा माक्सवादी अध्ययन दलमा संगठित भई कार्य गरेका थिए भने २०२५ सालमा पूर्णकालिन गतिविधिमा राजनीतिक कार्यकर्ताको रुपमा संलग्न भई कार्य गरेका थिए। त्यसै गरी ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरका थिए। उनले २०२७ जेठ ९ मा पूर्णकालिन नेताका रुपमा आन्दोलन परिचालनका लागि भूमिगत जीवन शरु गर्नुका साथै झापा आन्दोलन संगठन कमिटिको प्रमुखमा २०२८ सालमा मनोनित भएका थिए। ओली बारम्बार छुच्चो बोली , रुखो, टर्रो टिप्पणी, आलोचना गर्ने र मिडिया, सहकर्मीप्रति शत्रुता रहनुका साथै आर्थिक वृद्धिमा असफल हुने र बजेट खर्चको वाचा नगरेको भन्दै उनि अनेकौं विवादमा तानिनुका साथै २०३० सम्म १० पटक गिरफ्तार हुने र रिहा हुने गरेका थिए। 

ओलीको राजनीतिक जीवन भने त्यति सहज थिएन। उनले आफ्नो राजनीतिक जीवनको सुरुवातमा नै अनेकौं उताव चाडव झेलिसकेका थिए। उनि पुन: २०३० असोज २३ गते राज्य विप्लव तथा विध्वंसात्मक कार्यमा संलग्न रहेको जस्ता विभिन्न झुठ्ठा आरोपमा गिरफ्तार हुनुका साथै ४ वर्ष गोलघर सहित १४ वर्ष जेल सजायँसमेत भएको थियो। १४ वर्षको जेल सजायँ सुनाएता पनि उनले आफ्नो होस हवस भने डगमगाउन दिएनन्। उनले जेलमै अनेकौ पुस्तक अध्ययन गर्नुका साथै अनेकौं विषयमा ज्ञान हासिल गरिरहे। ओलीले २०३५ पुस ११ गते जेल मै रहँदा गठित नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी-लेनिनवादी)को संस्थापकका रुपमा नेताकाको हैसियत प्राप्त गरें। २०४४ पुस ११मा जेलमुक्त भएपछि उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)को केन्द्रीय समिति सदस्य र लुम्बिनी अञ्चलको इन्चार्ज बनेका थिए। २०४७ जेठ १ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपलको संस्थापक अध्यक्ष र २०४७ पुस २२ मा नेकपा (मा–ले) र नेकपा (मार्क्सवादी)बीच एकीकरण भई नवस्थापित नेकपा (एमाले)को केन्द्रीय सदस्य बन्न सफल भएका थिए। 

   बहुदलीय व्यवस्था स्थापना पछि उनी आम निर्वाचन २०४८ मा झापा–६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। २०४९ मा केन्द्रीय विदेश विभागको प्रमुख र २०५० सालमा केन्द्रीय प्रचार विभागको प्रमुख जिम्मेवारी सहित पोलिटव्युरो सदस्यमा निर्वाचित भएका थिए। उनी २०५१ मा संसदीय विभागको प्रमुख एवं पुन: सांसदमा निर्वाचित भएका थिए र २०५१-२०५२ मा प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको नेतृत्वमा सरकारमा गृहमन्त्रीको रूपमा नियुक्त भएका थिए। त्यसगरी २०५४ माघमा स्थायी समिति सदस्य र विदेश विभाग प्रमुखको जिम्मेवारी समेत वहन गरेका थिए। उनी २०५६ मा झापाबाट तेस्रो पटक पुन: निर्वाचित भएका थिए। २०५६ देखि २०५९ सम्म संसदमा प्रमुक प्रतिपक्षी दलको उपनेता र २०५७ देखि हालसम्म आफ्रो-एशियन पिपुल्स सोलिडारिटी अर्गनाइजेसन (एएपिएसओ)-नेपाल का अध्यक्षका रुपमा कार्य गर्दै आएका छन्। उनले स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुखमा २०५९ मा पुन निर्वाचित भई कार्यभार सम्हालेका थिए। त्यसैगरी २०६३ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा पुनर्स्थास्पित संसदद्वारा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए। राजनीतिक जिवन कै क्रममा उनले २०६४ सालको संविधानसभा निर्वाचनमा भने सफलता हासिल गर्न सकेनन्। ओलीले २०६५ मा केन्द्रीय पार्टी स्कूल विभाग प्रमुख हुनुका साथै स्थानीय समितिमा निर्वाचित भएका थिए। २०७० मा तत्कालिन पार्टी अध्यक्षलाई पराजित गर्दै संविधानसभा तथा व्यवस्थापिका संसदको दलका नेतामा निर्वाचित र २०७१ मा माधवकुमार नेपाललाई पछि पार्दै अध्यक्ष पदमा नियुक्ति भएका थिए।

  ओली २०७२ असोज २४ मा संसदीय मतदानमा प्रधानमन्त्री निर्वाचित भएका थिए। ओलीको उम्मेदवारीलाई एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरमले अन्य १३ वटा साना दलसँग मिलेर समर्थन गरेका थिए। उनले असोज २५ गते शपथ ग्रहण गरेका थिए। नेपालको संविधान २०७२ जारी गर्ने प्रवन्धमा भारतले लगाएको आर्थिक नाकाबन्दीले उनको पहिलो मुद्धा नै हावी भएको थियो। नेकपा (माओवादी केन्द्र) बाट २०७३ असार २९ मा विद्यमान गठबन्धन सरकारबाट समर्थन फिर्ता लिएपछि र २०७३ असार ३० मा पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेपछि नेकपा (एमाले)–नेतृत्वको सरकार र प्रधानमन्त्री ओली अल्पमतमा खुम्चिएका थिए जसका कारण उनलाई राजीनामा दिन दबाब पैदा भएको थियो। २०७३ साउन ९ मा संसदमा विपक्षी दलहरूलाई सम्बोधन गरेपछि ओलीले राजीनामाको घोषणा गरेका गरेका थिए। औपचारिक रुपमा उनले २०७३ साउन २० गते नयाँ प्रधानमन्त्री पुष्पकमल दहालाई सत्ता हस्तान्तरण गरका थिए। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थनमा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनपछि नेकपा (एमाले) प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेपछि ओली २०७४ फागुन ३ मा दोस्रो पटक राष्ट्रपति विद्यादेवी भण्डारीबाट ४१औँ प्रधानमन्त्री नियुक्त भएका थिए।