कतिको लोकप्रिय/अलोकप्रिय छन्? केशव वलायर
Approved Disapproved

परिचय


मेरो जन्म डोटी जिल्ला साबिक वारपाटा गा.बि.स वार्ड न.४ र हाल शिखर नगरपालिका वार्ड न .११ बुवा कृष्ण बलायर र आमा सरु देबि बलायरको कोखबाट २०५१-१२-०४ गते भयको हो।मैले आफ्नो प्राथमिक शिक्षा सम्मको पढाई कृष्ण नगर प्राथमिक बिध्यालयमा र एस.एल.सि सम्मको पढाई राधाकृष्ण माध्यमिक बिध्यालयबाट गरेको हु।तेशपछी म आफ्नो अगाडिको पढाईको लागि महेन्द्रनगर स्थित sunrise public secondary school बाट आई.ए.सि र सिद्धनाथ बिज्ञान क्याम्पसबाट सुचना प्रबिधिमा स्नातक सम्मको पढाई गरेको हु।हाल मेरो आफ्नो कर्म क्षेत्र महेन्द्रनगर हो र मैले बिध्यालय बेबस्थापन प्रणालीमा बिगत तिन बर्ष देखि सुदुर पश्चिम support head को रुपमा काम गर्दै आइरहेको छु।अहिले म अध्यापन पेसामा पनि आवद्ध छु।म सुचना प्रबिधी र शिक्षालाई संगै लगेर यौटा प्रबिधीको युगको बिकाश गर्न्न चाहन्छु।

घरको आर्थिक स्थिति कमजोरीकारण मैले पढाईको साथसाथै महेन्द्रनगरका विभिन्न निजि बिद्यालयमा पढायको थिय।मैले सुरुको दिनमा शान international school बाट मैले शिक्षण पेशा सुरु गरेको थिए तेशपछी वेस्टर्न पब्लिक मा १ बर्ष ,लिटिल बुद्ध एकेडेमि मा २ बर्ष पढायको थिय।तेशपछी आफ्नो पढाईको लागि म काठमाडौं गय र सुरुवाती केही महिना बालबाटिका Boarding school पेप्सिकोला मा आबद्ध भय तेसपछी मैले Broadway infosis बाट PHP with laravel course पुरा गरिसके पछि grab infotech Nepal मा web developer को रुपमा काम गरेको थिय जहाँ मैले बिध्यालय बेबस्थापन प्रणालीमा काम गर्न्ने मौका पायको थिय र तेशपछी कम्पनीले मलाई सुदुरपशिम support head मा नियुक्त गर्यो तेशपछी म २०७६ सालको अन्तिम तिर covid -19 को कारणले म मेरो पहाड घर डोटी जानू पर्यो ।करिब १ बर्सको बसाईमा मैले शिखर नगरपालिका वार्ड न११ बाट भस्ट्राचार बिरोध कार्यक्रममा अग्रपंक्तिमा काम गर्न्ने मौका पाय।परिबर्तन युबाबाट सम्भव हुन्छ भन्ने् मुल नारा बनाइँ हामिले नगरपालिका भित्र र जिल्लामा अनियमितताका विरुद्ध आवाज उठायौ ।हामिले हेलो सरकार ,अख्तियार ,CIN लगायत सरकारि निकाय तथा मिडियामा आफ्नो आवाज भनेउ।हामीले उठायको माग हरु अझै पनि जिवितै रेहेको मलाई महशुस भयको छ।हामिले गहनान पुलको बिसयमा उठायको मागको अहिले सम्म सुनुवाइ भयको छैन।जुन योजना अहिले सम्म अलपत्र छ।
हाल म Neo Shikshya मा province.7 मार्केटिङ head र support head को रुपमा बिध्यालय ब्यबस्थापन प्रणालीमा काम गर्दै छु र साथसाथै महेन्द्रनगरका विभिन्न बिध्यालयहरुमा कम्प्युटर शिक्षण पनि गर्देछु।
अब राजनीति कमाई खाने भाडो भन्दा पनि सेवामुखी हुनुपर्छ र हामी राजनीति भनेको समाजसेवा भनेर परिभाषित गर्छौ ।देशभरि अब युबा भोटर हैन उम्मेदवार बन्नुपर्छ भन्ने मनसाय र बुढापाकाको हालीमुहालि र लूटतन्त्रको कारण मैले आफ्नो उम्मेदवारी दाबेदारको रुपमा प्रस्तुत भयको छु।सम्पुर्णलाई घटस्थापनाको अबसरमा शुभकामना दिन चाहन्छु।
बाकी कुरा घोषण पत्रमा सार्बजनिक गर्न्नेछु।
धन्यवाद
जय देश,जय स्वाभिमान