कतिको लोकप्रिय/अलोकप्रिय छन्? जुली कुमारी महतो (महासेठ)
Approved Disapproved

परिचय

जुलीकुमारी महतो (महासेठ) को जन्म २०३३/०२/१३ मा बाबु राम आशिस शाह र आमा फूलकुमारी महतोका सन्तानका रुपमा धनुषा जिल्लामा जन्म लिएकी थिईन। जुली कुमारी महतोएक नेपाली राजनीतिज्ञ तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुन्। उनी नेपालको सङ्घीय संसदको प्रतिनिधि सभा सदस्य हुन्। उनी नेकपा एमालेबाट समानुपातिक प्रतिनिधित्व प्रणालीबाट निर्वाचित भएकी हुन्।

उनले अनेरास्ववियुमा आबद्ध भएर राजनीतिक यात्रा आरम्भ गरेकी थिईन्। २०४६ सालदेखि २०४८ सालसम्म जनसेवा माविको सचिव र २०५७ एमालेका जिल्ला कमिटी सदस्य, एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, एमालेको जनकपुर अञ्चल कमिटी सदस्य, २०७४ मा केन्द्रीय सदस्यका रुपमा कार्य गरेकी थिईन। हाल उनले नेकपा एमालेमा समेत आबद्ध भएकी थिईन। उनले संविधानसभा सदस्य निर्वाचन २०६४ मा तत्कालीन एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित र संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पुनः एमालेकै तर्फबाट समानुपातिक सदस्य निर्वाचित भएकी थिईन्।