म गीता मैनाली ( गीता कुमारी मैनाली ) पेशाले पत्रकार रहरले साहित्यकार, अध्यात्मको जगमा उभिएर समाजसेवामा अग्रसर भैरहँदा राजनीतिका कारण समाजका बिभिन्न तह र तप्कामा देखिएका बिक्रिति र बिसंगतिले म राजनितिमा होमिएकी हुँ । राजनीतिमा लागेर म देशको प्रधानमन्त्री बन्छु र देशको मुहार फेर्छु भन्दिन । मैले त्येत्रो ठुलो सपना देखेकी पनि छैन । मेरो सपना भनेको शान्ति र रोजगारी हो । बालबालिकाको ओठमा मुस्कान, रोजगारी सिर्जना गरेर युवाहरुमा आशा जगाउँनु र बृद्धबृद्धामा सन्तानको भरोसा दिलाउँनु नै मेरो उम्मेदवारीको मुख्य उद्धेष्य हो । निजगढ नगरपालिकालाई मैले राम्ररी नियालीकी छु । कुनैपनि साईनोको होस् महिलाको सहयोग बिना कुनैपनि पुरुषले एउटा घर व्यवस्थापन गर्न सक्दैन । घर व्यवस्थापनमा निपुण महिलाले गाउँ वा नगर व्यवस्थापनको जिम्मेवारी लिन अग्रसर हुनुपर्छ भन्ने मेरो मान्यता हो । पुरुष मानसिकता बोकेका मतदाताहरुले पनि एकचोटी महिलाको नेतृत्वलाई अवसर दिएर मुल्यांकन गर्न सक्नु पर्छ । निजगढ नगरपालिकालाई नेपाल अधिराज्य भरीकै नमुना नगरपालिका बनाउँन सकिने प्रशस्त सम्भावनाहरु देखेकी छु । मेरो उम्मेदवारी त्यसैका लागि हो । नगरभित्र थुप्रिएका फोहोर व्यवस्थापनका साथै योजना सहितको नगर विकास र नगरवासीको सेवामा म समर्पित हुनेछु ।