कतिको लोकप्रिय/अलोकप्रिय छन्? गनेस पौडेल (खडक राज पौडेल)
Approved Disapproved

परिचय

स्वन्तन्त्र मेयरका उम्मेदवार गनेस पौडेल (खडक राज पौडेल) गण्डकी प्रदेश, कास्की जिल्लामा अवस्थित पोखरा महानगर पालिका वडा न १४ का ४१ वर्षीय युवा हुन्। पौडेलको बाल्यकाल पोखराको दक्षिणी भाग माझेरी पाटनमा बित्यो । रामेश्वरी प्राथमिक विद्यालयमा पाँच कक्षासम्म पढेर भवानी कालिका हाईस्कुलमा गए । उनको पहिलो लेख साधना नामक मासिक पत्रिकामा प्रकाशित भएको थियो। उनले पीएन क्याम्पस, पोखराबाट सामान्य विज्ञानमा उच्च शिक्षा लिए र अंग्रेजी साहित्यमा शिक्षा लिन आरआर क्याम्पस, काठमाडौं गए।उनको शैक्षिक स्तर: एमविए, पोखरा विश्वविद्यालय बाट भएको थियो। उनिले १५ वर्ष अध्यापनको रूपमा काम गरे । अहिले उनि GP's Organic Farm House, देउराली एग्रो रिसोर्ट का संचालक/अध्यक्ष हुनुहुन्छ । पेसाले उनि लेखक हुन्। उनले पैताला उपन्यास,अनुवादक (मुसा मानुष) जस्ता शिर्जनामा कलम चलाएका छन् l संस्थापक तथा परिकल्पनाकार र रयाँदम रिडर्स सोसाइटीका संस्थापक हुन् । पौडेल पोखरा अन्तराष्ट्रिय विमानस्थल जनसरोकार समितिका संचालकीय अध्यक्ष भएर जिम्मेवारी सम्हालेका थिए l त्यस्तै न्युज मार्टी डेली, हेरालो साप्ताहिक विभिन्न सामाजिक अभियानको नेतृत्व तथा सहभागिता, दर्जनौ सामाजिक शैक्षिक वाङ्मयिक संस्थाहरूमा संलग्नताको अनुभव पनि छ l




· फेवाताल अतिक्रमण रोक्ने । दलीय भातृ संगठनले कब्जा गरेका सरकारी जग्गा र भवन फिर्ता !
· नदी दोहनको अन्त्य गर्ने । नदी किनारका अतिक्रमित करिब १० हजार रोपनी जग्गा फिर्ता ।
· बसपार्कको अतिक्रमित जग्गा फिर्ता ल्याउने ।सार्वजनिक जग्गा कब्जा गरी बसाइएका अव्यवस्थित बसोबास (सुकुम्बासी बस्ती ) हटाउने ।
· पर्ती जग्गाको छिनोफानो । (पोखरामा करिब ८ हजार रोपनी जग्गा कहिल्यै दर्ता नहुने अवस्थामा भए पनि पचासौँ बर्षदेखि व्यक्तिको उपभोगमा छन् ।
· ती कि दर्ता गरेर जनतालाई दिनु पर्छ कि सरकारी स्वामित्वमा ल्याउनु पर्छ ।
· सामुदायिक शिक्षालयलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउने ।
· भ्रष्टाचारको अन्त्य । ठेक्का र भाडा केन्द्रित महानगरको आम्दानीलाई कर केन्द्रित बनाउने ।
· आम्दानीको विविधिकरण गरी पोखराको बजेटलाई न्युनतम १० अर्बको पुर्याउने ।
· महंगी नियन्त्रण ।
· बजार गुणस्तर अनुगमन र कारवाही ।
· तरकारी र फलफुलको विषादी परिक्षण ।


फोटो
भिडियो