कतिको लोकप्रिय/अलोकप्रिय छन्? बिजय कंडेल
Approved Disapproved

परिचय

विजय कँडेलको जन्म वि.सं. २०४१ साल असोज १८ गते नवलपरासीको सुस्ता–४ स्थित सुकुम्वासी टोलमा भएको थियो । उनि पिता हरिभक्त कँडेल र आमा खगेन्द्रकुमारी कँडेल (कुमारी) को कोखबाट जन्मिएका हुन् । गाउँको एउटा सामान्य किसान परिवारमा जन्मेर सङ्घर्षका अनेकौं आरोह÷अवरोहहरू पार गर्दै व्यवसायीक र सामाजिक कामको क्षेत्रमा सफल हुनुले कँडेलको जीवन सबैका लागि प्रेरणादायी र उर्जापूर्ण छ ।
निम्नवर्र्र्गीय किसान परिवारमा जन्मिएका कारण कँडेलको प्रारम्भिक बाल्यकाल आर्थिक अभाव र समस्या कै बीच बित्यो ।
सानो कक्षादेखि नै पढाइमा अब्बल कँडेल मेहनेती र लगनशील स्वाभावका थिए । त्रिभुवन मावि बेलाटारीबाट २०५८ सालमा १० कक्षा (एसएलसी) उत्तीर्ण गरेपछि कँडेलले काठमाडौं आएर कक्षा ११ मा भर्ना हुने सपना देखेका थिए । तर उनको सपनामा परिवारको आर्थिक स्थिति बाधक बनेर उभियो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण त्रिभुवन उच्च माध्यामिक विद्यालय भर्ना भएका कँडेलले २०६१ मा १२ कक्षा उत्तीर्ण गरे । उनले अंगे्रजी साहित्यमा स्नातकोत्तर गरेका छन् ।
घरव्यवहार सम्हाल्ने र भविष्यको चिन्ताले रुमलिएका कँडेल २०६२ सालमा बाबुको इच्छा विपरित राजधानी हानिएका थिए । १७ बर्षअघि आमाले दिएको ५ सय रुपैयाँ बोकेर काठमाडौं पसेका कँडेलको गोजीमा राजधानी आइपुग्दा १३० रुपैयाँ मात्र बाँकी थियो । जीवनको कलिलो उमेरमा नै अनेकौं दुःखपूर्ण ठक्कर खाएका कँडेल अविचलित भएर अडानका साथ आफ्नो कर्ममा लागिरहे । काठमाडौं आएपछि पेट पाल्नैका लागि कामको खोजीमा भौतारिँदै गर्दा मुस्किलले साँचो बनाउने काम पाएका थिए ।
मासिक ५ सय रुपैयाँ तलबमा काम थालेका कँडेलले स्नातक तह पढुन्जेल त्यहि काम गरे । पेट पाल्ने संघर्षबीच पनि कँडेलले आफ्नो पढाईलाई भने निरन्तरता दिए । स्नातक तहको पढाई सकिएपछि उनी अष्ट्रेलिया पसे । कँडेल अष्ट्रेलियामा मासु काट्ने तालिम लिएर एक बर्षमै नेपाल फर्किएका थिए ।
नेपाल फर्केपछि अष्ट्रेलियामा सिकेको प्रविधि प्रयोग गरेर कँडेलले दश वर्षअघि हाइजेनिक मिट सेन्टर नामक व्यवसाय सुरु गरे । हाल काठमाडौं उपत्यकाकामा मात्र ५ स्थानमा सञ्चालनमा रहेको उनको व्यवसाय अष्ट्रेलियन टेक्नोलोजीमा आधारित छ ।
कँडेलले तारकेश्वर नगरपालिका–३ आठमाईलमा करिब ५२ रोपनी क्षेत्रफलमा टनेलमा आधारित व्यावसायिक कृषि समेत गर्दै आएका छन् । कँडेलले विभिन्न सामाजिक गतिविधि र व्यापार व्यवसायमा आफ्नो प्रभुत्व जमाएका छन् । उनी कृषिमा लाग्न चाहनेहरुमा जागरण ल्याउने कार्यमा लामो समयदेखि संलग्न रहँदै आएका छन् ।
हाइजेनिक मिट सेन्टर, समाधान सेवा नेपाल, एचएम्सी फुड्स, हाइजेनिक एग्रो टुरिजम फार्म लगायतका व्यवसाय सञ्चालन गर्दै आएका कँडेलले काठमाडौंको डिल्लीबजारमा ड्रिम सर्च नामक शैक्षिक परामर्श सम्बन्धी व्यवसाय समेत सञ्चालन गरेका छन् । विजय कँडेल एक सफल युवा उद्यमी हुन् । कँडेल स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालमा समेत आवद्ध रहेका छन् ।

कँडेल काठमाडौंलाई धुलोरहित बनाउन सुरु गरिएको ‘जाग्यो नेपाल’ अभियानका नेतृत्वकर्ता हुन् । राजधानीलाई धूलोरहित बनाउने अभियानसहित जाग्यो नेपालले करिब ५ वर्षअघि सफाइ अभियान थालेको हो । कोरोनाको समयमा जाग्यो नेपालले दिर्घ रोगका बिरामिहरुलाई निशुल्क औषधि, अक्सिजन ग्याँस, विपन्न वर्गका मानिसहरुलाई खाध्यान्न लगायतका सामग्रीहरू वितरण गरेको थियो ।
जाग्यो नेपालले काठमाडौंका विभिन्न क्षेत्रमा सरसफाई लगायतको काम गर्दै स्थानियलाई उक्त ठाउँहरुमा फोहोर नगर्न जनचेतना समेत फैलाउँदै आइरहेको छ ।
अभियान्ताले शनिबारको दिन सडकका नाला खोल्ने, खाल्डा पुर्ने र यत्रतत्र छरिएका फोहोर उठाउने काम गर्दै आएका छन् ।
कँडेलले हालसम्म भारत, चीन, हङकङ, मकाउ, मलेसिया, सिंगापुर, थाइल्याण्ड, अष्ट्रेलिया, हंगेरी, जर्मनी, अष्ट्रिया, इटालीलगायत दर्जभन्दा बढी देशको भ्रमण गरिसकेका छन् ।

सानैदेखि संवेदनशील र भावुक थिए, कँडेल । कर्ममा विश्वास राख्ने र लगनशीलता कँडेलको जीवनबाट अलग हुनै नसक्ने गुण नै हो ।
त्यसैले कँडेल जति बौद्धिक छन्, त्यति नै अन्तर्मुखी स्वभावका पनि छन् । सानैबाट सक्रिय रुपमा समाजसेवामा लागेका कँडेलले लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएका छन् ।

देशविदेशको भ्रमण गरेका कँडेल विश्व राजनीति, अर्थतन्त्र, कुटनीति लगायत विषयमा राम्रो जानकारी राख्छन् । कँडेल बौद्धिकता, आकर्षक व्यक्तित्व र व्यावसायिक सफलताबाट जो कोहीलाई जीवनमा सफलताको सुत्र पहिल्याउन सहयोग पुग्ने देखिन्छ ।
कँडेल जबसम्म सक्षम युवा देशमा नै अडिने वातावरण हुँदैन तबसम्म देशको आर्थिक समृद्धि र समाजवादको कुरा व्यर्थ हुने बताउँछन् । समाजसेवाका क्षेत्रमा जस्तोसुकै विषम परिस्थितिमा पनि अग्रपङतीमा खटिने कँडेल मानवसेवा तथा राष्ट्रसेवा लागि सबै आ–आफ्नो ठाउँबाट जुट्न सक्नुपर्छ भन्ने धारणा राख्छन् ।
कँडेलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा उत्रने घोषण गरेका छन् ।

source: https://bijayakandel.com.np/about/


१. युवा उद्यमशीलताका लागि कृषि र पर्यटन
 - युवा उद्यमशीलता विकास गर्न प्राविधिक र व्यावसायिक तालिम दिने ।
 - प्रत्येक वडामा कृषि उत्पादन संकलन, खरिद र बिक्रिको व्यवस्था गर्ने ।
 - अर्थतन्त्रमा टेवा पुग्ने जडीबुटि (हाल प्रतिबन्धित समेत) को पहिचान गरी उत्पादन, प्रशोधन तथा बिक्रि वितरण गर्ने ।
 - साहसिक पर्यटनलाई दक्षिण एसियाकै केन्द्रका रूपमा विकास गर्ने ।
 - होटल, रेष्टुरेन्ट र खाजा घरमा खानाको गुणस्तर, बस्ने स्थान तथा
क्षमता संख्या, शौचालयको प्रबन्ध, अनिर्वाय पार्किङको व्यवस्था गर्ने ।
 २. स्वास्थ्य र शिक्षा 
- नागरिकलाई ६/६ महिनामा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने ।
 - प्राथमिक स्वास्थ्य केन्द्रको रिफरमा क्रमशः जिल्ला, प्रदेश र विशेषज्ञ
सेवासहितका अस्पतालमा उपचारको व्यवस्था गर्ने । 
-७० वर्षमाथिका नागरिकको सबै रोगको निःशुल्क उपचारको व्यवस्था ।
 - विद्यालयको वर्गीकरण अन्त्य गरी मापदण्ड तोकेर शुल्क निर्धारण गर्ने ।
 - प्रत्येक प्रदेशको कम्तीमा एक सहरलाई विश्वविद्यालय सहर बनाउने |
 ३. सार्वजनिक यातायात
 - प्रमुख सहरहरूमा साइकल लेन निर्माण गर्ने, विद्युतीय साइकल स्ट्यान्ड राख्ने र कार्डसहितको सेवा दिने ।
 - बढी घनत्व भएका सहरमा ट्राम निर्माण तथा संचालन गर्ने ।
 - सवारी नियम पालना नगर्ने चालकलाई अनलाइन प्रविधिबाट कारबाही
तथा जरिवाना तिर्ने प्रणाली विकास गर्ने ।
 ४. आर्थिक सुधार र रुपान्तरण
 - वैदेशिक लगानी भित्राउन सहजीकरण गर्ने (वर्तमान नीतिका कारण
गत वर्ष १९ अर्बभन्दा बढी भित्रिएकोमा नयाँ उद्योग खुलेको छैन)।

- नेता तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गरी स्रोत
नखुलेकोलाई कारवाहीको दायरामा ल्याउने ।
 - उत्तराधिकारी करको व्यवस्था गरी सम्पति थुपार्ने काम निरूत्साहन गर्ने । ५. शासकीय प्रणाली
 - प्रदेश संरचना, प्रत्यक्ष वा संसदबाट निर्वाचित प्रधानमन्त्री, नागरिकता 
धर्म निरपेक्षता लगायतका विषय जनमत संग्रहबाट टुंगो लगाउने ।
 - नागरिकता प्रदान गर्ने र मतदानको उमेर समान बनाउने ।
 - विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउने ।
 - समानुपातिक निर्वाचन प्रणालीको अन्त्य गर्ने ।