54 वर्ष माध्यमिक तह गण्डकी प्रदेश बागलुङ Baglung
कतिको लोकप्रिय/अलोकप्रिय छन्? भूपेन्द्रबहादुर थापा
Approved Disapproved

उद्देश्य, दृष्टि, विश्वास

वि.सं. २०५४ सालमा तत्कालिन जिल्ला विकास समितिको उपसभापति पदमा अत्याधिक मतका साथ बिजय प्राप्त गरेपछि थापाले जिल्लाको राजनैतिक वृतमा उदीयमान राजनैतिक नेतृत्वका रूपमा पर्दापण गरे ।[६] पार्टी राजनीतिमा चाँहि उनको बलियो उपस्थिति वि.सं. २०६७ माघ ३ गते तत्कालिन धौलागिरि अञ्चलको नेकपा ‌‍(एमाले) को अञ्चल कमिटिका लागि भएको निर्वाचनमा सर्वाधिक मत ल्याउने उम्मेदवारको दोस्रो क्रममा निर्वाचित भएपछि भएको हो । त्यस्तो प्रकृतिको निर्वाचनमा अञ्चलभरका जिल्ला कमिटिका प्रमुखहरू, जिल्लाका राष्ट्रिय प्रतिनिधी परिषदमा प्रतिनिधित्व गर्ने सदस्यहरू र केन्द्रिय सदस्यहरूले मत खसाल्न पाउने व्यवस्था थियो । जुन निर्वाचनमा थापालाई १४ मतदाताहरू मध्ये १० जनाको मत प्राप्त भएको थियो ।[७]वि.सं. २०४८ सालमा म्याग्दी बहुमुखि क्याम्पसको पहिलो स्ववियू निर्वाचनमा सदस्य पदमा निर्वाचित भएका थापाले त्यस यता पार्टीको सांगठनिक पदका लागि भएका कुनैपनि निर्वाचनमा पराजयको स्वाद चाख्नुपरेको छैन । [८] विद्यालयस्तरकै अध्ययन गर्ने क्रममा वि.सं. २०३८ सालमा अनेरास्ववियू (पाँचौं)को सदस्य भएर राजनीतिक यात्रा सुरु गरेका थापाले त्यहि बिन्दुबाट आफ्नो राजनैतिक यात्रा जारी राखे । उनी वि.सं. २०७१ साउन १ गते तत्कालिन नेकपा एमालेको बैकल्पिक केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । [९] [१०] बि. सं. २०४६ सालको जनआन्दोलनमा तत्कालिन रत्नेचौर गाउँको संयुक्त वाम मोर्चाको संयोजक भएर बहुदलको पक्षमा लडाईं लडेका उनले वि.सं. २०४७ सालमा नेकपा एमालेको सदस्यता ग्रहण गरे । लगत्तै रत्नेचौर गाउँ कमिटिको सचिवको भूमिका निर्वाह गरे। त्यसपछि वि.सं. २०४८ सालमा इलाका २ को सचिव, वि.सं. ०४९ मा क्षेत्रीय कमिटी १ को सदस्य निर्वाचित भए । त्यसको एक वर्षपछि उनी वि.सं. ०५० सालमा तत्कालिन नेकपा (एमाले) म्याग्दीको जिल्ला कमिटी सदस्य र इलाका नं. २ क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरेवि.सं. २०७२ सालको संविधान जारी भएपछि भएको सङ्घिय संसदको पहिलो निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र तोकिएको म्याग्दी जिल्लाबाट बामगठबन्धनको साझा उम्मेदवार चयनमा भएको रस्साकस्सीमा भूपेन्द्रबहादुर थापाले बाजी मार्न सफल भए ।[१७][१८][१९] पार्टी एकिकरण पूर्व दुई कम्युनिष्ट दल नेकपा एमाले र माओवादीले संयुक्त गठबन्धन बनाएर देशभरबाट निश्चित भागबण्डाका आधारमा एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भिडेका कारण कुन जिल्लाबाट सङ्घिय संसदमा को र कुन पार्टीको ? त्यस्तै पहिलोपटक हुन लागेको प्रदेश सभामा कुन पार्टी र कसले उम्मेदवारी पाउने भनेर देशैभर विभिन्न अडकलबाजी चलेका बखत म्याग्दीबाट पनि कुन पार्टीको कसले सङ्घिय संसदको उम्मेदवार हुन पाउने हो, यसै भन्न सकिने अवस्था थिएन । तर यो पार्टीले यो नेताले उम्मेदवारी प्राप्त गर्न सक्छ भनेर चिया गफ देखि चौतारीको जमघटसम्ममा छलफल भएकै थिए । यसै क्रममा सङ्घिय संसदको उम्मेदवारी तत्कालिन एमालेको भागमा पर्नु र उम्मेदवारी भूपेन्द्रबहादुर थापाले पाउनु खासै अनेपेक्षित चै थिएन । [२०][२१] सङ्घिय संसदको प्रतिनिधिसभा सदस्यमा आफ्ना निकटम प्रतिद्वन्द्वीलाई २ हजार भन्दा बढीको मतान्तरसहित कुल २३ हजार ३ सय ८ मत प्राप्त गरी बामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका थापाले बिजय प्राप्त गरेका थिए


वि.सं. २०७२ सालको संविधान जारी भएपछि भएको सङ्घिय संसदको पहिलो निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र तोकिएको म्याग्दी जिल्लाबाट बामगठबन्धनको साझा उम्मेदवार चयनमा भएको रस्साकस्सीमा भूपेन्द्रबहादुर थापाले बाजी मार्न सफल भए ।[१७][१८][१९] पार्टी एकिकरण पूर्व दुई कम्युनिष्ट दल नेकपा एमाले र माओवादीले संयुक्त गठबन्धन बनाएर देशभरबाट निश्चित भागबण्डाका आधारमा एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा भिडेका कारण कुन जिल्लाबाट सङ्घिय संसदमा को र कुन पार्टीको ? त्यस्तै पहिलोपटक हुन लागेको प्रदेश सभामा कुन पार्टी र कसले उम्मेदवारी पाउने भनेर देशैभर विभिन्न अडकलबाजी चलेका बखत म्याग्दीबाट पनि कुन पार्टीको कसले सङ्घिय संसदको उम्मेदवार हुन पाउने हो, यसै भन्न सकिने अवस्था थिएन । तर यो पार्टीले यो नेताले उम्मेदवारी प्राप्त गर्न सक्छ भनेर चिया गफ देखि चौतारीको जमघटसम्ममा छलफल भएकै थिए । यसै क्रममा सङ्घिय संसदको उम्मेदवारी तत्कालिन एमालेको भागमा पर्नु र उम्मेदवारी भूपेन्द्रबहादुर थापाले पाउनु खासै अनेपेक्षित चै थिएन । [२०][२१] सङ्घिय संसदको प्रतिनिधिसभा सदस्यमा आफ्ना निकटम प्रतिद्वन्द्वीलाई २ हजार भन्दा बढीको मतान्तरसहित कुल २३ हजार ३ सय ८ मत प्राप्त गरी बामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका थापाले बिजय प्राप्त गरेका थिए ।[२२][२३]


फोटो
भिडियो