कतिको लोकप्रिय/अलोकप्रिय छन्? वालेन्द्र साह
Approved Disapproved

परिचय

३१ वर्षीय बालेन्द्र साह (बालेन) पेशाले इन्जिनियर हुन् । नयाँ पुस्ताबीच उनी -यापरका रूपमा पनि चर्चित छन् । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारीले उनलाई थप चर्चामा ल्याएको छ । काठमाडौंको गौरीगाउँमा जन्मिएका साह आयुर्वेदिक चिकित्सक डा. राम नारायण साह र ध्रुवदेवी साहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन् ।


२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको छवि पनि बनाए । नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, -यापर तथा कवि–लेखक साहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी छ । विशेषतः फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटीहरु साहको पक्षमा देखिएका छन् । अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्माताहरु माधव वाग्ले, सन्तोष सेन,हास्य कलाकार निर्मल शर्मा खुलेरै उनको पक्षमा लागेका छन् । निर्देशक निश्चल बस्नेत र गायिका इन्दिरा जोशी साहको घोषणापत्र प्रस्तुत गर्ने कार्यक्रममै उपस्थित थिए । साहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् । नयाँ पुस्ताका मतदाता थपिएका छन् । बालेन साप्रतिको आकर्षण नयाँ पुस्तामा बेसी छ । काठमाडौंमा हरेक चुनावमा एउटा पंक्तिले नयाँ परीक्षण गर्ने गरेको छ । यस्तो ‘स्वीङ भोट’ अत्यधिक रहेको विगतका निर्वाचनहरुले देखाएको छ । वैकल्पिक राजनीति कमजोर भएको बेला पुरानालाई प्रतिस्थापन गर्न चाहने युवा मतदाताको रोजाइ बालेन साह बन्न सक्छन् । उनको मुख्य अनुकूलता यही देखिन्छ । तर, आफूले भोट दिँदै आएको पुराना दलहरुप्रति ‘लोयल’ मतदाता बाक्लो रहेको नेपाली समाजमा स्वतन्त्र उठेर विजय हासिल गर्नु उम्मेदवारलाई फलामको च्यूरा चपाएजस्तै हुने देखिन्छ ।


नयाँ पुस्ता उनको लागि अनुकूल देखिए पनि जितका लागि निर्णायक पुराना मतदाताको विश्वास जित्नुपर्ने चुनौती छ । उनी आत्मविश्वासका साथ भन्छन्,‘काठमाडौंका ३२ वटै वडामा गएर प्राप्त डेटालाई एनालाइसिस गरेका छौं, त्यसबाट मैले ९० हजार ८३५ भोट ल्याउँछु भन्ने देखिएको छ ।’गत निर्वाचनको अंकगणित पनि उनका लागि प्रतिकूल देखिन्छ, जसमा एमालेका प्रत्याशीले ६४ हजार ९१३ मत ल्याउँदा कांग्रेस नेतृत्वको गठबन्धन झण्डै १० हजार मतले पछाडि परेको थियो ।


काठमाडौं महानगरको नेतृत्व गर्न पाए डिग्रीले भन्दा सिपले रोजगारी पाउने बताउँछन् उनी । ‘अहिले मैले पूर्वाधार, बाटो, पुल, विद्यालय, अस्पताल बनाउने काम गरिरहेको थिएँ । थोरै नीति निर्माणमा संलग्न हुने, शिक्षा, स्वास्थ्यदेखि लिएर फोहोर व्यवस्थापनमा इञ्जिनियरिङ जस्ता समग्र कुरामा म सरिक छु,’ उनी भन्छन्, ‘यो अनुभव काठमाडौं महानगरका लागि आवश्यक छ भन्ने मलाई लाग्छ । समग्रमा एउटा शहर, गाउँ र देश चलाउनलाई जे–जे काम गरिन्छ, त्यो कुरामा संलग्न हुँदै आएको छु ।’ भौतिक पूर्वाधार निर्माणको योजना त छँदैछन्, यसमध्ये पनि बालेनको प्राथमिकतामा परेको छ काठमाडौंको सडक । सडक सुधारेर काठमाडौं सुधार्ने उनको योजनामा सहयोगी हुनेछन् विद्युतीय सवारी साधन । उनी भन्छन्, ‘हामीले विस्तारै काठमाडौं उपत्यकालाई नै २४ घन्टा खोल्नुपर्छ भनेका छौं । रेष्टुरेन्टहरूसँगै सरकारी कार्यालय पनि बेलुकीसम्म खुल्छन् । अनि सेवाग्राही राति आउँछन् र विद्युतीय बस चढेर जान्छन् । यसबाट जाम पनि घट्छ ।’


भिडियो