कतिको लोकप्रिय/अलोकप्रिय छन्? आरजु राणा
Approved Disapproved

परिचय

आरजु राणा देउवा (जन्म: सन् १९६२ जनवरी २६) नेपाली कांग्रेसकी नेतृ र पूर्व संविधान सभा सदस्य हुन्। भारतबाट मनोविज्ञान विषयमा विद्यावारिधि गरेकी आरजु पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती हुन्। उनको आमा प्रतिभा राणा लामो समयदेखि नेपालको राजनीतिमा क्रियाशील छिन्। वि.सं. २०५३ देखि राजनीतिमा प्रवेश गरेकी आरजु हाल आएर नेपाली कांग्रेसको महासमिति सदस्य छिन्। राजनीति बाहेक उनी गैरसरकारी संस्थाहरू, समाजसेवा र विशेष गरी महिला सशक्तीकरण जस्ता क्षेत्रहरूमा काम गर्दै आएकी छिन्। उनी हाल संसद सदस्यको रूपमा सेवा गरिरहेकी छिन्। वि.सं. २०७९ मा सम्पन्न नेपालको प्रतिनिधि सभा निर्वाचनबाट उनी खस/आर्य वर्गबाट ​​समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भएकी हुन्।

वि.सं. २०५३ सालदेखि नेपाली कांग्रेसको सदस्यहुँदै देउवा हाल वि.सं. २०७८ पुसदेखि नेपाली कांग्रेसको केन्द्रीय समितिको सदस्य छिन्। उनी वि.सं. २०६४ देखि वि.सं. २०७४ सम्म दुई पटक नेपालको संविधानसभा र नेपालको व्यवस्थापिका संसदको सदस्य थिइन्। उनले नेपालको संविधान लेख्दा सबै तहमा महिलाको हक, विशेषगरी प्रजनन अधिकार, समान नागरिकता, समान सम्पत्तिको हक, महिलामाथि हुने हिंसा, महिलाको समतामूलक र समान राजनीतिक प्रतिनिधित्व जस्ता विषयलाई उठान गरेकी थिइन्।





भिडियो