कतिको लोकप्रिय/अलोकप्रिय छन्? अग्नि प्रसाद खरेल
Approved Disapproved

परिचय

वरिष्ठ अधिवक्ता सर्वोच्च अदालत, २०३५ सालवाट एमालेमा आवद्ध । २०३६ असोज ६ मा सदस्यता लिए । खरेल २०३६ सालको विद्यार्थी आन्दोलनताका महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियू सचिव थिए । २०४५ मा नेपाल वार एशोसिएसन केन्द्रीय समितिको सदस्य थिए । २०४७ सालको संविधान लेखनताका उनी संविधान मस्यौदा समितिका सदस्य माधवकुमार नेपालको कानुनी सहायक थिए । २०४९ को महाधिवेशनताका उनलाई पार्टीले राष्ट्रिय महाधिवेशन प्रतिनिधि र निर्वाचन आयोगको सदस्यको जिम्मेवारी दिएको थियो । २०५० मा सुवास नेम्वाङ, विद्या भण्डारी, भरत प्रधान, विष्णु रिमालसंगै खरेल पनि एमालेको राष्ट्रिय परिषद सदस्यमा मनोनित भए । २०६६ को आठौ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको रुपमा निर्वाचित भए । घनश्याम भुषालपछि उनले दोश्रो वढी मत उनले पाएका थिए । नवौ राष्ट्रिय महाधिवेशनवाट पोलिटव्युरोमा रहेका उनी १० औ माधिवेशनवाट स्थायी कमिटी सदस्यमा निर्वाचित भए ।समानुपातिक प्रणालीवाट संविधानसभा सदस्य (२०६५), संविधान मस्यौदा समिति सदस्य (२०६६), दोश्रो संविधान सभामा विज्ञका रुपमा पुन: मनोनित ।