Social Entrepreneurship in Nepal with Vedika Murarka

Social Entrepreneurship in Nepal with Vedika Murarka

वेदिका मुरारका एजुकेश नामक सामाजिक उद्यमको सह-संस्थापक हुन्। गरिबी, द्वन्द्व र प्राकृतिक प्रकोपका कारण आज विश्वभरका लाखौं बालबालिका विद्यालयमा फर्निचरको अभावमा अध्ययन गर्न बाध्य भएका छन्।

यस कारणले उनीहरूको समग्र शैक्षिक अनुभवलाई एउटा नकरात्मक असर पारेको छ। यही समस्यालाई मध्यनजर गर्दै वेदिका र उनका सह–संस्थापकले नेपालमा एजुकेश नामक सामाजिक व्यवसाय सुरु गरे। एजुकेश एउटा स्कूल झोला हो जुन सजिलैसँग डेस्कमा पट्याएर विद्यालय र घरमा प्राथमिक विद्यालयका बच्चाहरूलाई अध्ययन गर्ने ठाउँ उपलब्ध गराउँछ। यो स्थानीय उत्पादकहरूको सहयोगमा बनाइएको झोला हो।

स्थानीय रूपमा उपलब्ध स्रोत सामग्रीहरू प्रयोग गरी विद्यार्थी र समुदाय दुवैले यस पहलबाट लाभान्वित हुने कुरा सुनिश्चित छ। यो झोला /डेस्क हल्का छ र बिद्यार्थीहरुले सजिलोसँग प्रयोग गर्न सक्छन। अहिले सम्म, ९०० एजुकेश झोलाहरु नेपालको बिभिन्न ठाउँहरुमा पुर्याइएको छ।

Vedika Murarka

 वेदिका मुरारका एजुकेश नामक सामाजिक उद्यमको सह-संस्थापक हुन्।
एजुकेश सामुदायिक र सरकारी विद्यालयहरूमा कमजोर कक्षाकोठा पूर्वाधारको समस्यालाई सम्बोधन गर्नको लागि एउटा अभिनव समाधान हो। यसले विद्यालयमा मात्र नभई उनीहरू जहाँ गए पनि गरिब अवस्थामा अध्ययन गर्ने बालबालिकाका लागि थप सहज र बालमैत्री ठाउँ सिर्जना गर्दछ।


स्मरणीय पलहरु