उद्यमशीलतामा नेपाली महिला

उद्यमशीलतामा नेपाली महिला

प्रकृति मैनालीका हरेक कामहरु शक्तिशाली र प्रेरणादायी छन्। शक्ति मिलनले परिवार र समाजबाट बहिष्कार गरिएका वा बाहिर निकालिएका महिलाहरूलाई सशक्तिकरण गर्न केन्द्रित छ। हजारौं महिलाहरु घरमा नै बालबच्चालाई स्याहारसुसार गर्दै बस्नु पर्ने र आर्थिक उपार्जनका लागि काम गर्ने अवसर बाट वंचित छन्। यहि समस्यालाई मध्यनजर गर्दै शक्ति मिलनमा बाल हेरचाह केन्द्र पनि रहेको भन्छिन्। परिवारबाट अपहेलित र परिवारले नपत्याइरहेको अवस्थामा महिलाले आफ्नो बचतबाट बालबालिकालाई राम्रो स्कूलमा पढाउन पाउदा यसबाट ठूलो प्रेरणा मिलेको मैनाली बताउँछिन्। शक्ति मिलन नेपालले पुरानो चामलको बोराबाट विभिन्न प्रकारका झोला बनाउँछ। उनीहरू फोहोर सङ्कलन केन्द्रबाट बोराहरू सङ्कलन गर्छन् र त्यसपछि विभिन्न शैलीका झोलाहरू बनाउन बोराहरू सफा गर्छन्। ती झोलाहरू मुख्यतया जर्मनीमा निर्यात हुन्छन्। शक्ति मिलन नेपालले विभिन्न किसिमका ब्याग बनाई पर्यावरणीय क्षेत्रको संरक्षण गर्ने र आर्थिक रुपम तल परेका महिलाहरुलाई रोजगारीको अवसर प्रदान गरि आर्थिक स शक्तिकरण गर्ने मुख्य दुई उद्देश्य रहेको बताउँछिन्।